back

‘एक शिक्षण संस्था एक उद्यम’ कार्यक्रमका लागि प्रस्ताव आह्वान, ७ लाख अनुदान पाउने

काठमाडौँ । ‘एक शिक्षण संस्था एक उद्यम’ कार्यक्रमका लागि प्रस्ताव आह्वान गरिएको छ। राष्ट्रिय युवा परिषदले प्राविधिक तथा व्यावसायिक धार÷शिक्षा सञ्चालित वा नमुना सामुदायिक माध्यमिक विद्यालयका लागि एक शिक्षण संस्था एक उद्यम कार्यक्रम लागि प्रस्ताव पेस गर्न आह्वान गरेको हो।

यो कार्यक्रममा सहभागी हुन चाहने विद्यालयले सम्बन्धित स्थानीय तहको सिफारिस ल्याउनुपर्नेछ। उद्यम सञ्चालनका लागि विद्यालय व्यवस्थापन समितिको प्रतिबद्धता आवश्यक पर्नेछ।

उद्यमी विद्यार्थी क्लब गठन भएको निर्णयको प्रतिलिपि र उद्यम कोष स्थापना भएको प्रमाण पनि पेस गर्नुपर्ने युवा परिषदले जनाएको छ।

यसैगरी पूर्वविद्यार्थी मञ्च गठन भएको निर्णयको प्रतिलिपि र पदाधिकारीहरुको विवरण, पछिल्ला ३ शैक्षिकसत्रको शैक्षिक उपब्धि विवरण र पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि पेस गर्नुपर्नेछ।

प्राविधिक तथा व्यावसायिक धार÷शिक्षा लागू भएका वा नमुना विकासका लागि छनोट भएका सामुदायिक माध्यमिक विद्यालयमात्र यो कार्यक्रम सहभागी हुन पाउनेछन्।

यस कार्यक्रमका लागि प्रत्येक प्रदेशबाट १÷१ र संघबाट १ गरी ८ वटा विद्यालय छनोट हुने युवा परिषदले जनाएको छ। छनोट भएका विद्यालयले उद्यम सञ्चालन गर्न बीउ पुँजीका रुपमा ७ लाख रुपैयाँ अनुदान पाउनेछन्।

इच्छुक सामुदायिक विद्यालयले आज भदौ २३ गतेबाट ३० दिनभित्र प्रस्ताव राष्ट्रिय युवा परिषदको ई–मेल [email protected] मा पठाउन सक्नेछन्।
२०७८ भदौ २३ गते प्रकाशित


विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार ३१ मंगलवार १८:२५

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत...

‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, देशभरका उत्कृष्ट संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरु सम्मानित

‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, देशभरका उत्कृष्ट संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरु सम्मानित

वि.सं.२०८२ असार ३१ मंगलवार १७:०८

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको तेस्रो संस्करणको...

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

वि.सं.२०८२ असार २९ आइतवार ०८:१७

काठमाडौं । ॐ समाज डेन्टल अस्पतल बनस्थली शाखाले आज आयोजना...

योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार १६ सोमवार १५:३३

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित...