back

एक्सेल डेभलमेन्ट बैंकको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डाहरु

काठमाडौँ । एक्सेल डेभलमेन्ट बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज १६ गते शनिवार बिर्तामोडको सिद्धार्थ होटेलमा आर्थिक वर्ष ७६–७७ को सभा आह्वान गरेको हो ।

कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६–७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने ९ करोड ७३ लाख ३४ हजार ५ सय ४६ रुपैयाँ ९७ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशतले हुन आउने ५१ लाख २२ हजार ८ सय ७० रुपैयाँ ८९ पैसा नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

त्यस्तै सभामा वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने, सर्बसाधारण समुहबाट ३ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छन् । त्यस्तै प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा त्यसको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव समेत सभामा पेश हुने छ । त्यस्तै अन्य उपयुक्त संस्थासंग गाभ्ने गाभिनेबारे निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १ गते देखि असोज ८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा भदौ ३१ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

२०७८ भदौ २३ गते प्रकाशित


‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

वि.सं.२०८२ असार १ आइतवार १७:३९

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७...

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ जेठ ३० शुक्रवार १९:४३

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले  सरकारले...

राजनीतिज्ञ भन्दा उपभोक्तालाई खुसी पार्ने बजेट आएको छ : उपाध्यक्ष अधिकारी

राजनीतिज्ञ भन्दा उपभोक्तालाई खुसी पार्ने बजेट आएको छ : उपाध्यक्ष अधिकारी

वि.सं.२०८२ जेठ २८ बुधवार २१:२२

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले अहिलेको...

अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्री पौडेलको निर्देशन

अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्री पौडेलको निर्देशन

वि.सं.२०८२ जेठ २८ बुधवार १८:०४

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण...