back

तेह्रथुम पावरको आईपीओ बाँडफाँड शुक्रबार

काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ यसै साता बाँडफाँड गरिने भएको छ । कम्पनीको आईपीओको प्रिअलटमेन्टको काम सकिएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार प्री–अलोटमेन्ट काम सकिएको र बोर्डको अनुमतिपछि आईपीओको बाँडफाँड गरिने छ । कम्पनीको आईपीओ शुक्रबार बाँडफाँड गरिने क्यापिटलले जनाएको छ ।

कम्पनीले भदौ ९ गतेदेखि भदौ १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा २३ लाख ९६ हजार ३ सय ४८ जना आवेदकले ३ करोड १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरिएकोभन्दा ४१.७९ गुणा बढि आवेदन परेको हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गरिने छ । जसमा ७४ हजार ४ सय जनाले मात्रै आईपीओ पाउनेछन् । आवेदन दिएका कूल आवेदकमध्ये २३ लाख ३१ हजारभन्दा बढीको हात रित्तो हुनेछ ।

२०७८ भदौ २२ गते प्रकाशित


आईपीओ जारी गर्दै पैचो पसल

आईपीओ जारी गर्दै पैचो पसल

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:४१

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो...

वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वि.सं.२०८२ वैशाख १४ आइतवार १७:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायमुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले...

जनता एग्रो एण्ड फरेष्ट्रीले एक अर्बकाे आईपीओ जारी गर्ने, संचालकहरु को को छन् ?

जनता एग्रो एण्ड फरेष्ट्रीले एक अर्बकाे आईपीओ जारी गर्ने, संचालकहरु को को छन् ?

वि.सं.२०८२ वैशाख १४ आइतवार १७:४२

काठमाडौं । जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडले सर्वसाधारणको लागि एक...

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १८:४२

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र...

आजबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

आजबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:२७

काठमाडौं । आज संघीय संसद् अन्तर्गत दुवै सदनको अधिवेशन सुरु...

पियोर इनर्जीको आईपीओ बाँडफाँट: १ लाख १९ हजारले पाए १० कित्ता सेयर

पियोर इनर्जीको आईपीओ बाँडफाँट: १ लाख १९ हजारले पाए १० कित्ता सेयर

वि.सं.२०८२ वैशाख ११ बिहीवार १२:०१

काठमाडौं । पियोर इनर्जी डेभलपमेन्ट लिमिटेडको साधारण सेयर बाँडफाँट भएको...