back

गरिमा विकास बैंकका ग्राहकलाई ल्यान्डमार्क होटेल्स रिर्सोटमा ३५५ सम्मको छुट

काठमाडौँ । गरिमा विकास बैंकका ग्राहकले नेपालको एक प्रख्यात चेन होटेल ल्यान्डमार्क होटेल्स रिर्सोट एन्ड स्पामा आकर्षक छुट पाउने भएका छन्।

आन्तरिक पर्यटनलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्नुका साथै आफ्ना ग्राहकलाई थप सुविधाहरु प्रदान गर्नका लागि गरिमा विकास बैंकले ल्यान्डमार्क होटेल्स रिर्सोटसँग छुट सम्झौता गरेको हो।

सम्झौताअनुसार गरिमा विकास बैंकका ग्राहकले ल्यान्डमार्क होटेल्समा डिलक्स रुममा ३५ प्रतिशत छुट, फुड एन्ड बेभरेजमा १५ प्रतिशत छुट साथै अन्य सेवासुविधामा आर्कषक छुट पाउनेछन्।

गरिमा विकास बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले काठमाण्डौ, पोखरा र चितवनमा रहेको ल्यान्डमार्क होटेलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा जनाईएको छ।

हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालय र ५१ एटीएमबाट आफ्ना ग्राहकलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

२०७८ भदौ २२ गते प्रकाशित


फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान

वि.सं.२०८१ जेठ ९ बुधवार १४:०६

काठमाडौँ । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात : ११ खर्ब ७७ अर्ब व्यापार घाटा

१० महिनामा मुलुकको व्यापार : तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात : ११ खर्ब ७७ अर्ब व्यापार घाटा

वि.सं.२०८१ जेठ ७ सोमवार २२:४६

काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले रु ११...

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

वि.सं.२०८१ जेठ ४ शुक्रवार २३:१२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नीति...

खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यकः मन्त्री बस्नेत

खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यकः मन्त्री बस्नेत

वि.सं.२०८१ जेठ ४ शुक्रवार २२:५३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय...

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

वि.सं.२०८१ जेठ ३ बिहीवार १८:२४

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

वि.सं.२०८१ जेठ ३ बिहीवार ०९:४१

काठमाडौँ ।  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला...