back

मुख्यमन्त्री पोखरेल र विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसबीच शिष्टाचार भेट

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले शिष्टाचार भेट सम्पन्न भएको छ । मुख्यमन्त्री कार्यालयमा सोमबार भएको औपचारिक भेटघाटमा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंक सहयात्री बन्ने विश्वास व्यक्त गरे। विश्व बैंकले नेपालको समग्र विकासमा पु¥याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा अझ धेरै सहयोग हासिल हुने विश्वास व्यक्त गरेका हुन् ।

गरिबीको अन्त्य र साझा समृद्धिका लागि क्रियाशील विश्व बैंकले नेपालको विकासमा पु¥याउँदै आएको सहयोगको स्मरण र प्रशंसा गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशको विकासमा पनि योगदान दिएको प्रति धन्यवाद व्यक्त गरे । प्रदेशको अर्थतन्त्रको आकार सानो रहेको भन्दै उनले यसले मुलुकको ग्राहस्थ उत्पादनमा जम्मा आठ प्रतिशत योगदान गर्ने जानकारी दिए । राजश्व परिचालन रु दुईदेखि तीन अर्बको बीचमा रहेको र प्रदेशमा आर्थिक क्रियाकलाप कम भएकाले स्रोत परिचालन न्यून रहेको उनको भनाइ छ ।

सीमित स्रोत साधन र विविध चुनौतीका बीच प्रदेशले आफ्ना सोच, लक्ष्य र प्राथमिकता निर्धारण गरी अगाडि बढेको अवस्थामा कोभिड महामारीले आर्थिक, सामाजिक अवस्थालाई असर पारेको उनले बताए। सुदृढ र आधुनिक यातायात सञ्जालले समृद्धिको मार्गप्रशस्त गर्ने भन्दै उनले प्रदेश राजधानी पोखराबाट बागमती वा लुम्बिनी प्रदेश भएर मात्र यसै प्रदेशको एक जिल्ला नवलपुर पुग्नुपर्ने बाध्यता रहेको जानकारी दिए ।

हिमाली जिल्लामा समेत प्रभावकारी यातायात सञ्जाल विकास गर्न नसकिएको उल्लेख गर्दै उहाँले प्रदेशको यातायातको सम्पर्क सञ्जाल प्रभावकारी बनाउन विश्व बैंकले मद्दत गर्ने विश्वास व्यक्त गरे।

मुस्ताङको कोरलानाकाबाट पोखरा, भीमाद, झ्यालबास हुँदै त्रिवेणी जोड्ने सडकलाई कम्तीमा दुई लेनको डेडिकेटेड सडकका रूपमा विकास गर्न सकेमा यो प्रदेशको स्वरूप नै फेरिने र यो मार्ग गण्डकी प्रदेशको समृद्धि मार्गका रूपमा रहने उनले बताए ।

विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले नेपालको सङ्घीयता सुदृढीकरणका लागि विश्व बैंक सदा अग्रसर रहेको बताए।

कनेक्टिभिटीलाई आफूहरूले प्राथमिकतामा राखेर सहयोग गर्दै आएको भन्दै उनले मुस्ताङलगायत जिल्लामा उत्पादित अग्र्यानिक सामग्रीको ब्राण्डिङ र बजारीकरण लगानी गर्न तयार रहेको बताए ।

भेटवार्तामा विश्व बैंक र एशियाली विकास बैंकका प्रतिनिधि, प्रदेशका प्रमुख सचिव डा दामोदर रेग्मी, प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा रघुराज काफ्ले, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल लगायतको उपस्थिति थियो ।

२०७८ भदौ २२ गते प्रकाशित


इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

वि.सं.२०८१ जेठ ४ शुक्रवार २३:१२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नीति...

खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यकः मन्त्री बस्नेत

खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यकः मन्त्री बस्नेत

वि.सं.२०८१ जेठ ४ शुक्रवार २२:५३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय...

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

वि.सं.२०८१ जेठ ३ बिहीवार १८:२४

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

वि.सं.२०८१ जेठ ३ बिहीवार ०९:४१

काठमाडौँ ।  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला...

फोहोरबाट रोजगारी सिर्जना गर्न कोरियाद्वारा नेपाललाई ९८ लाख अमेरिकी डलर सहयोग

फोहोरबाट रोजगारी सिर्जना गर्न कोरियाद्वारा नेपाललाई ९८ लाख अमेरिकी डलर सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १०:१९

काठमाडौं । दक्षिण कोरियाले फोहोर मैला व्यवस्थापनबाट हरित रोजगारी सिर्जना...

७ करोड ६५ लाखको कारोबार गर्दै नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सम्पन्न

७ करोड ६५ लाखको कारोबार गर्दै नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सम्पन्न

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:००

काठमाडौं । सात करोड ६५ लाख रुपियाँ बराबरको कारोबार गर्दै...