प्राइम बैंकको ‘८.७५ प्रतिशत प्राईम डिवेन्चर २०८५’ नेप्सेमा सूचीकृत

वि.सं.२०७८ भदौ २२ मंगलवार

काठमाडौँ । प्राइम कमर्सियल बैंंकले निष्कासन गरेको ८.७५ प्रतिशत प्राइम डिवेन्चर २०८५ ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।
प्रति थान १००० को दरले हुन आउने २ अर्ब ४४ करोड ७९ लाख ६३ हजार रुपैयाँ बराबरको २४,४७,९६३ थान डिवेन्चर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भयो ।
उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँल र प्राइम कमर्सियल बैङ्क लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले हस्ताक्षर गरेका छन् ।
२०७८ भदौ २२ गते प्रकाशित

प्रकाशित समय : ११:३८ बजे