back

दरखोला दोस्रो लघु जलविद्युत परियोजनाको विद्युतगृह बगायो बाढीले

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युतगृह बाढीले बगाएको छ । गएराति अविरल वर्षासँगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघु जलविद्युत्को विद्युतगृह बगाएको हो ।

वर्षासँगै नदीको तटीय क्षेत्रमा गएको पहिरो र बाढीका कारण लघु जलविद्युत् परियोजना बगाउँदा करिब रु एक करोड ५० लाख बढीको क्षति भएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । उनका अनुसार दुई वर्षअघि पुनःनिर्माण गरिएको उक्त परियोजनाबाट ३७८ घरधुरीले विद्युत् सेवा उपभोग गर्दै आएका थिए ।

मध्यरातमा अविरल वर्षासँगै आएको बाढीले विद्युत्गृहको भवनलगायतका महत्वपूर्ण सामान बगाएको छ । बाढीले परियोजनाको बाँध र नहरमा समेत ठूलो क्षति पु¥याएको छ । बाढीले तटीय क्षेत्रको जमिन र बस्तीमा समेत क्षति पु¥याएको छ । लघु जलविद्युत्को विद्युत्गृह बगाएपछि स्थानीय बस्ती अन्धकार बनेको र स्थानीयवासीको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको स्थानीय लुलाङ आधारभूत विद्यालयका प्रधानाध्यापक नागेन्द्र ठाकुरले जानकारी दिए।

“यहाँ केन्द्रीय प्रसारणको पहुँच छैन, लघु जलविद्युत् बगाएपछि मोबाइल चार्ज र साँझमा बालबालिकालाई अध्ययनमा समेत समस्या हुने भएको छ”, प्रअ ठाकुरले भने। बाढीले लघु जलविद्युत्मा पु¥याएको क्षतिको अवस्थाबारे अहिले स्थानीय जनप्रतिनिधि, युवा क्लबलगायत प्रतिनिधिको टोली निरीक्षण गर्न खटिएको गाउँपालिकाले जनाएको छ ।

विसं २०७२ साउनमा जुगेपानीमा आएको पहिराले विद्यु्तगृह र नहर बगाएर बन्द भएको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना दुई वर्षअघि रु एक करोड ५२ लाखको लागतमा पुनःनिर्माण गरिएको थियो । लुलाङ, खोरीया, मेरनी र लमसुङका स्थानीयवासीले यस परियोजनाबाट लाभान्वित भएका थिए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु ८५ लाख र धवलागिरि गाउँपालिकाले रु ५० लाख सहयोगमा स्थानीयवासीले जनश्रमदानसमेत गरेर यस परियोजनाको क्षमता बढाएर पुनःनिर्माण गरेका थिए ।

२०७८ भदौ २१ गते प्रकाशित


५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग

५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग

वि.सं.२०८१ माघ ४ शुक्रवार १८:२४

काठमाडौं । माछापुच्छ्र्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई...

विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौ, आफै उठाएर ठूला आयोजना बनाउँ : प्रधानमन्त्री ओली

विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौ, आफै उठाएर ठूला आयोजना बनाउँ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ४ शुक्रवार १४:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई ऊर्जामा ढुक्क...

प्रवासी नेपाली मञ्च आयोवाको विपन्न बालबालिकालाई ५ लाख सहयोग

प्रवासी नेपाली मञ्च आयोवाको विपन्न बालबालिकालाई ५ लाख सहयोग

वि.सं.२०८१ माघ ४ शुक्रवार १४:१२

काठमाडौं। । प्रवासी नेपाली मञ्च आयोवा राज्य कमिटी अमेरिकाले विपन्न...

निर्माण क्षेत्रमा २० वटा वाणिज्य बैंकहरुले गरे १ खर्ब ९१ अर्ब लगानी, कुन बैंकको कति ?

निर्माण क्षेत्रमा २० वटा वाणिज्य बैंकहरुले गरे १ खर्ब ९१ अर्ब लगानी, कुन बैंकको कति ?

वि.सं.२०८१ माघ ४ शुक्रवार १२:४१

काठमाडौं। देशमा संचालित २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको मंसिर...

६ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत मात्रै

६ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत मात्रै

वि.सं.२०८१ माघ ४ शुक्रवार १२:२९

काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा...

दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

वि.सं.२०८१ माघ ४ शुक्रवार ११:३६

काठमाडौं । दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति...