back

नेपाली सेयर बजारमा अहिलेसम्मकै ठूलो गिरावट, सर्किट ब्रेक लगाएर ४० मिनेट कारोबार रोक्का

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज आइतबार शेयर बजारमा भारी गिरावट आएको छ । सेयर बजार मापक परिसूचक नेप्सेमा भारी अंकको गिरावट आएपछि सर्किट ब्रेक लगाईएको छ ।

नेप्से सूचक ५.०३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लगाईएको हो । यस संगै शेयर बजारमा ४० मिनेट कारोबार रोक्का गरिएको छ ।

नेप्से सूचकमा १४७.३१ अंकको गिरावट आएको छ । यो नेपाली सेयर बजारमा हालसम्मकै सबै भन्दा उच्च अंकको गिरावट हो ।

आज १२ बजेर ५९ मिनेटमा नेप्से ५ प्रतिशतले बढेपछि सर्किट लागेको हो । हाल सम्म आज ७ अर्ब १९ करोडको कारोबार भएको छ । आज कारोबारमा आएका २ वटा बाहेक सबै कम्पनीको मूल्य घटेको छ ।

सर्किट ब्रेकको नियम अनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से सूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगित गरिन्छ । त्यस्तै दोस्रो घण्टामा सूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित गरिन्छ । र तेस्रो घण्टा वा त्यसपछिको समयमा सूचक ६ प्रतिशतले घटे वा बढे बाँकि पुरै दिनको कारोबार स्थगित गरिन्छ ।

२०७८ भदौ २० गते प्रकाशित


हाथवे इन्भेष्टमेन्ट नेपालको नाफा घट्यो

हाथवे इन्भेष्टमेन्ट नेपालको नाफा घट्यो

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:४२

काठमाडौं । हाथवे इन्भेष्टेमन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा...

आईपीओ जारी गर्दै पैचो पसल

आईपीओ जारी गर्दै पैचो पसल

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:४१

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो...

नेप्सेमा ग्रीन भेन्चर्सको बाेनश शेयर सूचीकृत

नेप्सेमा ग्रीन भेन्चर्सको बाेनश शेयर सूचीकृत

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार ग्रीन भेन्चर्सको...

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२३

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै...

 साताको दोस्रो दिन नेप्सेसँगै घट्यो कारोबार रकम

 साताको दोस्रो दिन नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:३२

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

कामना सेवा विकास बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

वि.सं.२०८२ वैशाख १५ सोमवार १३:४७

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक समूहको शेयर शिलबन्दी...