फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले १०.५३ प्रतिशत लाभांश पाउने

वि.सं.२०७८ भदौ २० आइतवार

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले आर्थिक वर्ष २०७७–७८ मा गत आर्थिक वर्षको मुनाफाबाट १०.५३ प्रतिशत लाभांश पाउने भएका छन् ।
संस्थाको सञ्चालक समितिको शनिबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँको कुल १०.५३ प्रतिशतले हुन आउने ९ करोड २२ लाख ९६ हजार रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको छ।
जसमा १० प्रतिशतले हुन आउने ८ करोड ७६ लाख ८१ हजार २०० रुपैयाँबराबरको बोनस सेयर र ०.५३ प्रतिशतले हुन आउने ४६ लाख १४ हजार ८०० रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनका लागि) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
२०७८ भदौ २० गते प्रकाशित

प्रकाशित समय : ११:३८ बजे