प्रभु बैंकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने
वि.सं.२०७८ भदौ १८ शुक्रवार
काठमाडौँ । प्रभु बैंकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने भएको छ । प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको मर्जर–एक्विजिसन (प्राप्ति) समितिको सिफारिस बमोजिम नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा गरिएको प्रारम्भिक समझदारीपत्र अनुमोदन गर्ने निर्णय गरेको हो ।
२०७८ भदौ १८ गते प्रकाशित
प्रकाशित समय : १६:४४ बजे