विद्युत प्राधिकरणमा जागिर खुल्यो, यसरी दिन सकिन्छ अनलाइन आवेदन
वि.सं.२०७८ भदौ १८ शुक्रवार
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा ३०० बढी कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।
प्राधिकरणले विभिन्न कार्यालयका विभिन्न श्रेणीमा ३३९ जना कर्मचारी खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।
प्राधिकरणले अधिकृत र सहायकस्तरमा सहनिर्देशकदेखि जुनियर मिस्त्रीसम्मका लागि खुला तथा समावेशी कोटामा दरखास्त खुलाएको छ।
इच्छुक योग्य उम्मेदवारले असोज ७ गतेसम्म नेपाल विद्युत प्राधिकरणको वेबसाइटमा गएर आवेदन दिनुपर्नेछ।
दोब्बर शुल्क तिरेर असोज १४ गतेसम्म आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ।
आवेदन दिनको लागि तलको लिंक क्लिक गर्नुहोस
https://neaopen.rigoerp.com/
२०७८ भदौ १८ गते प्रकाशित
प्रकाशित समय : १२:४८ बजे