back

अन्तराष्ट्रिय वित्त निगमसँगको बैठक

काठमाडौँ । दैनिक उपभोग्य वस्तुहरूको उत्पादन गर्ने उद्योगको स्थापना तथा सञ्चालनमा सरकारले प्राथमिकता दिएको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बताएका छन् । बिहीबार अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले गरेको भर्चुअल बैठकमा उनले यस्तो बताए ।

वर्तमान सरकार नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने दिशातिर लागेको भन्दै मन्त्री शर्माले दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योगसहित साना तथा मझौला उद्योग सञ्चालनका लागि आईएफसीसँग सहकार्य गर्न सकिने बताए ।

दैनिक उपभोग्य वस्तुको स्वदेशमै उत्पादन गरेर आयातलाई घटाउने सरकारको मुख्य लक्ष्य रहेको उनले बताए । ‘दैनिक उपभोग्य वस्तुहरूको उत्पादन गर्ने उद्योगमा हाम्रो प्राथमिकता छ’, मन्त्री शर्माले भन्नुभयो, ‘यस्ता उत्पादनबाट आयातलाई घटाउनु हाम्रो मुख्य उद्देश्य रहेको छ ।’

हाल नेपालमा साना तथा मझौला उद्योगमा लगानी गर्न आवश्यक रहेको बताउँदै मन्त्री शर्माले यसका लागि आईएफसीसँग सहकार्य गर्न सकिने बताए । मन्त्री शर्माले सकारको ध्यान कोभिड–१९ महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमै रहेकाले यसमा आवश्यक सहयोग गर्न आईएफसीलाई आग्रह गरे । आईएफसीको ज्ञान र अनुभव नेपालमा साना तथा मझौला उद्योग स्थापनाका लागि फलदायी हुने उनले बताए ।

२०७८ भदौ १८ गते प्रकाशित


फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान

वि.सं.२०८१ जेठ ९ बुधवार १४:०६

काठमाडौँ । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात : ११ खर्ब ७७ अर्ब व्यापार घाटा

१० महिनामा मुलुकको व्यापार : तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात : ११ खर्ब ७७ अर्ब व्यापार घाटा

वि.सं.२०८१ जेठ ७ सोमवार २२:४६

काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले रु ११...

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

वि.सं.२०८१ जेठ ४ शुक्रवार २३:१२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नीति...

खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यकः मन्त्री बस्नेत

खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यकः मन्त्री बस्नेत

वि.सं.२०८१ जेठ ४ शुक्रवार २२:५३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय...

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

वि.सं.२०८१ जेठ ३ बिहीवार १८:२४

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

वि.सं.२०८१ जेठ ३ बिहीवार ०९:४१

काठमाडौँ ।  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला...