‘एनएमबि सरल बचत फण्ड–ई’ को पहिलो दिन नै १ करोड इकाईको माग
वि.सं.२०७८ भदौ १७ बिहीवार
काठमाडौँ । ‘एनएमबि सरल बचत फण्ड–ई’ मा आज आवेदन खुलेकै दिन २० हजार भन्दा बढिले आवेदन दिएका छन् । यस फण्डमा साढे ५ बजेसम्म २० हजार २४१ जना आवेदकले ९८ लाख १२ हजार ५१० इकाईका लागि आवेदन दिएका हुन् ।
एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको खुलामुखी म्युचुअल फण्ड आज (भदौ १७ गते, बिहीबार) देखि निष्काशन तथा बिक्री खुला गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये ४० प्रतिशत अर्थात ४ करोड इकाई पहिलो चरणमा निष्काशन गरिएको एनएमबि क्यापिटलले जनाएको छ ।
कूल इकाई मध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
उक्त फण्डमा छिटोमा भदौ २१ गते र ढिलोमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त म्युचुअल फण्डमा लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम ४० लाख इकाईसम्मका लागि आवेदन दिनसक्नेछन् ।
धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् ।
२०७८ भदौ १७ गते प्रकाशित
प्रकाशित समय : १८:१५ बजे