बजारमा भारी गिरावट, नेप्से २८ सयको बिन्दूतिर
वि.सं.२०७८ भदौ १७ बिहीवार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार आरालो यात्रामा बास बसेको छ । यो दिन बजार पुन ५० अंक बढीले घटेर २९ सय बिन्दूको वरिपरि आएको छ । यो दिन बजार ५०.२८ अंकले घटेर २९२६.७४ को बिन्दूमा झरेको छ ।
यो दिन २२८ कम्पनी कारोबारमा आएका छन् । कारोबारमा आएका यी कम्पनीको १ करोड ५६ लाख ७ हजार ८३९ कित्ता सेयर कारोबार हुँदा ८ अर्ब १६ करोड ७ लाख १४ हजार बराबरको कारोबार भएको छ ।
उक्त दिन सानिमा लाईफ ईन्स्योरेन्सको सेयर पनि कारोबारमा आएको छ । कारोबारमा आएकै दिन यो कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । कम्पनीको पहिलो कारोबार ३०९ रुपैयाँमा कारोबार भएको हो । कम्पनीको सेयर मूल्यमा सर्किट लाग्दा कम्पनीको मूल्य ३३९.९० रुपैयाँ कायम भएर कारोबार बन्द भएको छ ।
२०७८ भदौ १७ गते प्रकाशित
प्रकाशित समय : १६:०८ बजे