back

सेलपेले आकर्षक क्यासब्याक अफर

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आफ्ना ग्राहकका लागि आकर्षक अफर लिएर आएको छ।

यस योजनाअन्तर्गत सेलपेका फुल केवाईसी ग्राहकले हप्ताको एकपटक मोबाइल टपअपमा १५ प्रतिशत (रु.३०) रुपैयाँसम्म क्यासब्याक पाउने छन्। यो योजना भदौ १६ गतेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने सेलपेले जनाएको छ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो। सेलपेका अन्य विशेषताहरु यस प्रकार छन्–

वास्तविक समयमा भुक्तानी
सरल र सुरक्षित
बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने

सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टीभी, इन्टरनेटको महसुल भुक्तानी, इन्स्योरेन्सको भुक्तानी, सेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेस्टुरेन्टमा भुक्तानी, फोनपे नेटवर्कका करिब ५ लाख मर्चेन्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ। यसका साथै ग्राहकले सेलपे कार्ट सेवामार्फत सजिलै घरमै बसी–बसी विभिन्न सामानहरु खरिद गर्न सक्नेछन्।

२०७८ भदौ १७ गते प्रकाशित


आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८१ असोज २९ मंगलवार ०९:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

केवाईसी भनेको के हो ? अप्डेट गर्न कतिको आवश्यक छ ?

केवाईसी भनेको के हो ? अप्डेट गर्न कतिको आवश्यक छ ?

वि.सं.२०८१ असोज २९ मंगलवार ०९:२७

काठमाडौं ।ग्राहक पहिचानका लागि भरिने फारम नै केवाईसी फारम हो...

विद्युतीय कारोबारमा हुने ठगीबाट कसरी जोगिने ?

विद्युतीय कारोबारमा हुने ठगीबाट कसरी जोगिने ?

वि.सं.२०८१ असोज २७ आइतवार १०:१२

काठमाडौं । विद्युतीय माध्यमबाट ठगीका घटना बढेको भन्दै सचेत रहन...

बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

वि.सं.२०८१ असोज २५ शुक्रवार १०:०८

काठमाडौं । बैंक भनेको वित्तीय कारोवार गर्ने इजाजतपत्रप्राप्त संस्था हो...

सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

वि.सं.२०८१ असोज २३ बुधवार १२:५७

काठमाडौं । सामसङले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले...

बचत कसरी गर्ने ? (महत्वपूर्ण टिप्सहरु)

बचत कसरी गर्ने ? (महत्वपूर्ण टिप्सहरु)

वि.सं.२०८१ असोज २३ बुधवार १०:३२

काठमाडौं । कुनै चिज बस्तुमा गरिने खर्च कटौती गरेर सञ्चित...