back

भुक्तानी प्रणालीको अनुगमन गर्न विनियमावली जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीको स्थलगत अनुगमन गर्ने गरी निरीक्षण तथा सुपरिवेक्षण विनियमावली २०७८ जारी गरेको छ।
केन्द्रीय बैंकले भुक्तानी तथा फछ्र्योट प्रणालीलाई सुरक्षित, स्वस्थ तथा सक्षम बनाउने उद्देश्य अनुसार यो विनियमावली जारी गरेको हो ।

विनियमावलीमा प्रचलित कानुनबमोजिमको व्यवस्था र राष्ट्र बैंकबाट जारी भएको नियम, विनियम, आदेश, परिपत्र तथा निर्देशनको परिपालना भए नभएको परीक्षण गर्ने, संस्थाको समग्र वित्तीय अवस्थाको विश्लेषण गर्ने, संस्थाले अवलम्बन गरेको समग्र सुरक्षा व्यवस्थालगायतको व्यवस्था गरिएको छ।

यसैगरी राष्ट्र बैंकबाट माग गरिएको वा पेस हुन आएको विवरण तथा जानकारीका सूक्ष्म अध्ययन र विश्लेषण गर्ने उद्देश्य पनि विनियमावलीले राखेको छ।

यसैगरी विनियमावलीले एउटा भुक्तानी प्रणाली सिफारिस समितिको व्यवस्था गरेको छ। समितिमा डेपुटी गभर्नरको अध्यक्षतामा डेपुटी गभर्नर, बैंक तथा वित्तीय संस्था नियमन विभाग, बैंक सुपरिवेक्षण विभाग, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक सदस्य रहने व्यवस्था छ। समितिमा बैंकिङ विभाग, सूचना प्रविधि महाशाखाका निर्देशक सदस्य र भुक्तानी प्रणाली विभागका निर्देशक सदस्यसचिव रहने व्यवस्था छ।

उक्त समितिले भुक्तानी प्रणालीको विकास, विस्तार, सुरक्षाका लागि आवश्यक नीतिगत व्यवस्थाको तर्जुमा, संशोधन एवं जारी गर्ने, संस्थाको निरीक्षण प्रतिवेदनमा उल्लिखित कैफियतबारे अनुगमन गर्ने, संस्थाको निरीक्षण प्रतिवेदनका आधारमा संस्था वा संस्थाका पदाधिकारीलाई कारबाही, जरिवाना वा सजाय गर्ने, संस्था सुधारका लागि सम्बन्धित संस्थाले अवलम्बन गरेको उपाय प्रभावकारी भए नभएको र यस सम्बन्धमा राष्ट्र बैंकले दिएको निर्देशनको प्रभावकारी रुपमा पालना भए नभएको निरीक्षण गर्ने, संस्थाको सम्पत्ति तथा दायित्व बिक्री वा हस्तान्तरण गर्न र मर्जर वा प्राप्तिको सम्बन्धमा निर्णयलगायतका काम गर्नेछ।

२०७८ भदौ १७ गते प्रकाशित


फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान

वि.सं.२०८१ जेठ ९ बुधवार १४:०६

काठमाडौँ । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात : ११ खर्ब ७७ अर्ब व्यापार घाटा

१० महिनामा मुलुकको व्यापार : तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात : ११ खर्ब ७७ अर्ब व्यापार घाटा

वि.सं.२०८१ जेठ ७ सोमवार २२:४६

काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले रु ११...

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

वि.सं.२०८१ जेठ ४ शुक्रवार २३:१२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नीति...

खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यकः मन्त्री बस्नेत

खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यकः मन्त्री बस्नेत

वि.सं.२०८१ जेठ ४ शुक्रवार २२:५३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय...

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

वि.सं.२०८१ जेठ ३ बिहीवार १८:२४

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

वि.सं.२०८१ जेठ ३ बिहीवार ०९:४१

काठमाडौँ ।  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला...