back

डुङ्गा दुर्घटनामा परी पेरुमा २० को मृत्यु, कैयौँ बेपत्ता

काठमाडौँ । पेरुमा भएको डुङ्गा दुर्घटनामा परी २० भन्दा बढीको मृत्यु भएको छ । घटनामा परी अरु ५० भन्दा बढी यात्रु हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेजन क्षेत्रको हुल्लाग नदिमा डुङ्गा दुर्घटना भएको आरपीपी रेडियोले समाचार प्रसारण गरेको छ । बाक्लो कुहिरोका कारण चालकलाई गन्तव्य पहिचान गर्न समस्या भएपछि डुङ्गा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

दुर्घटना भएका बेला विमानमा झण्डै ८० यात्रु रहेको अनुमान गरिएको छ ।

“पर्याप्त उज्यालो नभएकाले चालकलाई डुङ्गा संचालन गर्न समस्या भएर डुङ्गा दुर्घटना भएको हो,” दुर्घटनामा परी बाँचेका एक व्यक्तिले भने ।

बेपत्ता भएका यात्रुहरुको खोजीका लागि उद्धारकर्ताहरु परिचालन गरिएको र खोजी कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् ।

बेपत्ता भएकाहरु जिवितै भेटिने संभावना कम रहेकाले मृतकको सङ्ख्या पनि बढ्न सक्ने खोजी कार्यमा खटिएकाहरुले बताएका छन् ।

२०७८ भदौ १४ गते प्रकाशित


अहिले बैंकवित्तको व्याज निकै सस्तो, तर लगानी बढेन ! कहिले उकासिन्छ अर्थतन्त्र ?

अहिले बैंकवित्तको व्याज निकै सस्तो, तर लगानी बढेन ! कहिले उकासिन्छ अर्थतन्त्र ?

वि.सं.२०८१ कात्तिक २० मंगलवार ११:०४

काठमाडौं । बैंकवित्तमा लगातार व्याजदर घट्दा पनि कर्जा प्रर्वाह खासै...

प्रतिलिटर १ रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मूल्य

प्रतिलिटर १ रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मूल्य

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार १०:३१

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

१०१ गभर्नरहरूको रिपोर्ट सार्वजनिक : नेपालका गभर्नरले पाए ‘सी प्लस’

१०१ गभर्नरहरूको रिपोर्ट सार्वजनिक : नेपालका गभर्नरले पाए ‘सी प्लस’

वि.सं.२०८१ कात्तिक १४ बुधवार १२:१९

काठमाडौं । अमेरिकाको ग्लोबल फाइनान्स म्यागेजिनले सन् २०२४ को लागि...

सुनको मूल्य २२०० रुपैयाँ बढ्यो

सुनको मूल्य २२०० रुपैयाँ बढ्यो

वि.सं.२०८१ कात्तिक १४ बुधवार ११:१३

काठमाडौं । सुनको भाउले आज नयाँ रेकर्ड कायम गरेको छ...

के हो असर्फी ?, कसरी बनाइन्छ ?, कति पर्छ ?

के हो असर्फी ?, कसरी बनाइन्छ ?, कति पर्छ ?

वि.सं.२०८१ कात्तिक १३ मंगलवार १४:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकले धनतेरसको दिन आज सुनको असर्फी...

सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक

सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक

वि.सं.२०८१ कात्तिक १३ मंगलवार ११:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सुनको असर्फी र चाँदीको...