नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशकहरुको सरुवा
वि.सं.२०७८ भदौ १४ सोमवार
काठमाडौँ । नेपाल धितोपत्र बोर्डका उच्च तहका कर्मचारीहरुको सरुवा भएको छ । बार्डका अध्यक्ष भिष्मराज ढुंगानाले कार्यकारी निर्देशक निरज गिरी र कायम मुकायम कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ र विनयदेव आचार्यको सरुवा गरेका हुन् ।
नियमन तथा ब्यबस्थापन विभागमा रहेका कार्यकारी निर्देशक निरज गिरीलाई वस्तु बजार अनुसन्धान विभागमा पठाईएको छ, वस्तु बजार अनुसन्धान विभागमा रहेका विनयदेव आचार्यलाई सुपरिवेक्षण विभागको जिम्मेवारी दिईएको छ भने सुपरिवेक्षण विभागमा रहेका मुक्तिनाथ श्रेष्ठले नियमन तथा ब्यबस्थापन विभागको जिम्मेवारी पाएका छन् ।
२०७८ भदौ १४ गते प्रकाशित
प्रकाशित समय : ११:५१ बजे