back

सानिमा लाईफ इन्स्योरेन्सको शेयर आयो डिम्याट खातामा

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सको शेयर लगानीकर्ताको डिम्याट खातामा आउन सुरु भएको छ । सिडीएसएसीले हिजो आइतबारदेखि लगानीकर्ताको खातामा शेयर पठाउन थालेको हो ।

शेयर खातामा आएसंगै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर सुचिकृत भएपछि कम्पनीको शेयर कारोबार खुला हुने छ । सम्भवत यसै सातादेखि शेयर कारोबार हुने छ ।
कम्पनीले श्रावण २० गतेबाट ६० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । निष्काशन गरिएको ६० लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

गोलाप्रथाबाट ५ लाख ४० हजारले १० कित्ताका दरले आईपीओ पाएका थिए । यस आईपिओमा २४ लाख १९ हजार १ सय २७ जना आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ताको लागि आवेदन परेको थियो । यो ६.८४ गुणा बढी हो ।

आइपीओ बिक्रि वितरणपछि सानिमा लाइफको चुक्तापुंजी २ अर्ब पुगेको छ ।
२०७८ भदौ १४ गते प्रकाशित


विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार ३१ मंगलवार १८:२५

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत...

योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ असार २३ सोमवार ११:०८

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज...

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

वि.सं.२०८२ असार १९ बिहीवार १५:३५

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार अघिल्लो दिनको तुलनामा...

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

वि.सं.२०८२ असार १९ बिहीवार १५:१७

काठमाण्डौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...