back

उद्यमिको कथा: असी हजारबाट सुरु गरेका सुदर्शन, अहिले चालिस करोडको मालिक

व्यवसायमा सुरूमै ठूलो लगानी गर्ने पुँजी सबैसँग हुँदैन । भएको थोरै लगानीबाट थालेर पुँजी बढाउँदै लैजान सकिन्छ । यसैको उदाहरण हुन्, साहारा ग्लोबल विजनेश ग्रुपका अध्यक्ष सुदर्शन लामिछाने ।

झलक्क हेर्दा साधारण पोसाकमा हट्टाकट्टा शारीरिक बनावट । खाईलाग्दो ज्यान भन्दा लोभलाग्दो प्रेरणामुलक छ, उनको संघर्षको जीवन कथा ।
उद्यमी लामिछाने विं.स. २०४५ वैशाख १३ गतेको दिन पोखरामा जन्मिए । पिता प्रोजेक्टमा काम गर्ने हुँदा लामो समय एकै ठाउँ र त्यहिको रहनसहनमा घुलमिल हुने सौभाग्य भने उनमा रहेन ।

किनकी उनी पनि पितासँगै बसाई सराई गर्थे । यद्यपी यसै दुर्भाग्य भन्न भने मिल्दैन किनकी उनले बाल्यअवस्थामै भिन्न भिन्न ठाउँ र परिवेशको अनुभूति लिने सौभाग्य प्राप्त गरेका हुन् । यसरी पिताको प्रोजेक्टसँगै बसाई सिफ्ट गर्नुपर्ने हुँदा उनको बाल्यकाल र १० कक्षासम्मको पढाई कहिले वुटवल कहिले भैरहवा त कहिले चितवन गर्दै सकियो ।
फलस्वरुप उनले प्राथमिक शिक्षा भैरहवामा, एसएलसी वुटवल र प्लस टू चितवनबाट उत्र्तीण गरे ।
भनिन्छ नि दिनको संकेत बिहानीले गर्छ, त्यस्तै उनीमा पनि बच्चैदेखि मालिक ‘बोस’ बन्ने तिव्र ईच्छा थियो । उनी भन्छन् “मलाई सानै देखि मालिक बन्ने घुम्ने कुर्सीमा बस्ने फाईल र चेकमा हस्ताक्षर गर्दै अरुलाई कामको लागि अर्डर दिन खुप मन लाग्थ्यो ।”

“मैले घरमा पढ्नको लागि लागि बुवाको अफिसको टेवल र सजावट जस्तै मेरो पढ्ने ठाउँ हुनुपर्छ भने पनि ममिबुवाले मलाई घरमा दुरुस्तै उस्तै गरी टेलब, सजावटको लागि फूल, माथि नेपालको नक्सा र झण्डा राखेर सजाई दिनुभएको थियो, नत्र म पढ्नै मान्दैनथे, साथै टेबलको अगाडि ‘सुदर्शन राज शर्मा’ नामप्लेट राखेर कुसीमा बसेर मात्रै पढ्थे, त्यत्तिबेला नामको पछाडी ‘किङ’ पनि लेखेको थिए” उनी आफ्नो बाल्यकाल सम्झँदै भन्छन् ।

उनको कक्षा १२ को पढाई र बुबाको जागिरसँगसँगै सकियो । स्थायी घर पोखरा भएपछि उनको बुवाआमा बुटवल र उनी आफ्नो दाजुसँग उच्च शिक्षा हाँसिल गर्न ०६८ सालमा काठमाडौँ आए ।
काठमाडौँमा आईपुग्दा केही समय ढिला भएको हुँदा अन्यन्त्र भर्ना खुला नभएपछि उनले स्नातक तहको लागि सरस्वती बहुमुखि क्याम्पसमा भर्ना भएका थिए ।
बिहानी समय सरस्वती क्याम्पस दिउँसो खाली थिए । उनी भन्छन् “दिउँसो खाली भएपछि क्यारेमबोट खेल्ने घुम्ने गरेँ, बुबालाई लागेछ सरकारी स्कुल पढ्ने डुल्ने कतै छोरो विग्रने त हैन ! भनेर मलाई जागिरको व्यवस्था गरिदिनुभयो ।”

यसरी उनले यहाँ आउँदाकै वर्ष नेपालको पहिलो फिजीयो थेरापी हस्पिटल साहारा केयर होम प्रालि, जुन कान्ति बाल अस्पताल र टिचिङको बीचमा रहेको थियो त्यसमा रिसेप्सनको रुपमा पहिलो जागिरे गरेका थिए ।

बुबाको सेयर समेत रहेकोले उनी सजिलैसँग उक्त हस्पिटलमा जागिर सुरु गरेका हुन् । त्यत्तिबेला आफूले ३ हजार ५ सय बाट काम सुरु गरेको बताउँछन् ।
उनी भन्छन् “आमाको सारी समात्ने अघिपछि गर्ने बाहेक अरु नगरेको म रिसेम्सनमा गएँ, जतिबेला मलाई बिल, चेक काट्न पनि आउँदैन थ्यो त्यहिँबाट सिके ।”
यहाँ रहँदा मलाई यो भन्दा ठूलो पदमा कसरी जाने भन्ने कौतुहुलता जाग्यो, ठूलो पदमा बस्दा कस्तो मजा, सुटबुट लगाएर, चिटिक्क परेर आईने मलाई त्यो कुराले त्यसै तर्फ तान्यो ।
त्यसबखत विजनेश कसरी गर्ने, कसरि ठुलो पोष्टमा जाने भनेर आफैले रिसर्च गर्न लागे, युट्यूव गुगल हेर्न थाले यत्तिकैमा रिसेप्सनबाट अकाउन्टेन्ट बन्ने इच्छा जाग्यो ।
केही समयको धेरै प्रयासपछि उनी अकाउन्टेन बन्न पनि सफल भए उनी भन्छन् ।
यतिबेलासम्म उनले बीबीए पनि उत्तिर्ण गरे, उनले बीबीए सरस्वतीबाट लर्ड बुद्ध एजुकेशन फाउन्डेसन, मैतेदेविमा गएर उत्तीर्ण गरेका थिए । यसको केही समयपछि उनी सोही हस्पिटलको म्यानेजर बने ।

यति हुँदासम्म उनी एकतर्फ शैक्षिक योग्यता, म्यानेजमेन्ट, पफमेन्स लगायत धेरै कुरामा डेपलभ भै सकेका थिए ।

“मलाई त्यो घडिमा आउँदासम्म पढाईमा भन्दा पनि काम र आफ्नो सपना फोकस थिए, म रिसेप्सनमा रहँदा पनि आफू मालिक नै भएको अनुभूति गर्दै चेक काट्थे, बिल काट्थे, कुनै दिन म यहाँको कर्मचारी हो भन्ने महशुस गरिनँ सधै मालिक नै हुँ भनेर काम गरे । सायद यहि लगाव देखेर होला उहाँहरुले म माथि विस्वास गरेर र लायक सम्झेर सोही हस्पिटलको जीएम पदमा राख्नु भयो ।”

यो बिचमा साहारा केयर होम साहारा हस्पिटलको रुपमा रुपान्तरण भैसकेको थियो । पहिला हस्पीटल लिजको जग्गामा थियो भने उनले एजीएमको पोष्टमा काम गर्दै गर्दा बसुन्धरामा आफ्नै भवन खडा गरेर त्यहाँबा सेवा सुरु भएको थियो । उनले त्यहाँ एजीएमको पद सम्हालेको दुई वर्षपछि त्यहाँ आन्तरीक मनमुटाव भयो ।
जसले गर्दा हस्पिटल बेच्नुपर्ने स्थिती आयो । हस्पिटल बीपी स्मृति हस्पीटललाई दिईयो । थोरै मात्रामा साहाराको हिस्सा रहने गरि हस्पिटल बेचि सकेपछि उनी उक्त हस्पिटलबाट बाहिरीए ।

“यस बखतमा मलाई दुईवटा ठूलै झड्का लाग्यो, एकातर्फ यो बिचमा मेरो प्रमीका पनि थिईन उनीसँग छुटिने दिन र अर्काे ठुलो इच्छा शक्ति र प्रयास पश्चात पाईरहेको त्यो जीएम पद करिब एक महिनाको अन्तरालमा मबाट छिनिए ।”

त्यत्तिबेला आफु २६/२७ वर्ष उमेरको बीचमा रहेको उनी बताउँछन् ।
“त्यो बेला साथमा प्रेमिका, गाडी, जीएम पदको सामाजिक इमेज यो भन्दा ठुलो खुसी के होला भनेर म त्यसैमा मग्ध थिए । तर त्यो सधै नटिक्ने रैछ ।”

आफुले ठूलो उपलब्धि ठानेका दुवै चिजहरु खोसिएपछि उनी वहकीयका थिए । उनी मात्रै होईन यस्तो अवस्थामा हरकोहीलाई आफुले आफुलाई सम्हाल्न कठिन लाग्नु स्वाभाविक पनि हो ।
यसै क्रममा उनी एकदिन साँझको समयमा एउटा रिसोर्टमा ‘ड्रिङ्स’ गर्न गए ।

“डाँडामा बसेर सोचीरहेको थिए अगाडी वियरको बोलतको साथमा अन्य खानेकुराहरु थिए यत्तिकैमा भ्याप्प बत्ति गयो, जताततै अध्यारो भयो । एकछिन हैट ! भनेर बसीरहेको थिए, ठ्याक्कै नजर पारीपारीको बस्तीमा गयो, पिलपिल बत्ति बलिरहेको थियो, सुन्दर देखिएको थियो । एकछिनपछि फेरीः बत्ति आयो अगाडीका सबै कुराहरु देखिए ।”

त्यो बत्ति जानु/आउनु र पारिपरि बत्ति बलिरहेको देखिनुले उनलाई मुभ गर्ने शिक्षा दिएको उनको भनाई छ ।
“यहाँ अध्यारो भएपनि पारि उज्यालो रैछ, अहिले अध्यारो भएपनि पछि पुनः उज्यालो आउने रैछ ।”

प्रेमीका टाढीनु, आफ्नो गाडी हस्पिटल खोसिनुको वर्तमानलाई उनले बत्ति जाँदाको अध्यारो र त्यो अध्यारोले नदेखिएको वियरसँग तुलना गरे । यता, टाढा देखिएको पिलपिल बत्ति र बत्ति आएपछि पुनः देखिएको त्यो अगाडीको वियरको बोटल र खानेकुरालाई उनले भविष्य देखे । यहाँ र अहिले अध्यारो भएपनि भोली र अन्यन्त्र उज्यालो छ ।

यसरी उनी बर्तमानको झण्कादेखि ‘मुभ अन’हुने टुगोंमा पुगे ।
नेपाली समाजमा एउटा स्लोगन छ नि “सपना पुरा भएन भने बाटो/प्रकृया परिर्वतन हो, गन्तव्य हैन ।” उनको जिवनमा पनि यो स्लोगनले ठ्याक्कै मेल खायो ।
उनले अरुले खनेको बाटोमा हिड्दा उनीहरुले नै कतिबेला बार लगाउँछन् पत्तो नहुने रैछ, अब आफै बाटो खनेर हिडुनुपर्छ भन्ने विचार मनमा लिए । यहि बिचारलाई आत्मासात् गर्दै अब सुरु देखि विजनेश गर्ने निर्णय गरे ।

फेरी विजनेश गर्न पनि नेपाली समाजमा त्यत्ति सजिलो त कहाँ छ र ? केही गर्न पैसा चाहियो ! भन्दा वित्तिकै पैसा कसले पत्याउने ?
भर्खरैको केटा पढ्दै गरेको, घरमा भन्ने हो भने अहिले के को विजनेश ? पढ र जागिर खा भन्छन् । आजको बुबाआमाले त अझै यहि भन्छन् भने यो त अझ केही समय अघिको कुरा हो ।
उनलाई पनि विजनेश गर्नका लागि घरमा आर्थिक सहयोग माग्न डर लाग्यो भनौ वा दिँदैन भन्ने विस्वास थियो ।

उनीसँग हस्पिटलमा काम गर्दाको केही पैसा बचत थियो । त्यहि पैसाले ४ वटा ठेलागाढा बनाएर व्यावसाय सुरु गरे ।

उनी भन्छन् “मसँग त्यत्तिबेला बचत गरेको ८० हजार रुपैयाँ जति थियो, एउटा ठेलाको २० हजार पर्थ्यो, ४ वटा बनाए । चारजना भाईहरुलाई राखे, कहिँकतै बाट अलिअलि पैसा थरथाप गरेर स्टोरहरुबाट बिहानै प्याकेजको मोःमो ससेज ल्याउँथे भाईहरुले व्यापार गर्थे । डेढ महिनामा मेरो लगानी र भाईहरुलाई तलब दिने नाफा कमाए ।”

यसरी उनले सुरुमा बालाजु, शंखपार्क, बशुन्धरा लगायतका क्षेत्रबाट ठेलाको व्यापार सुरु गरे । “पहिला यस्तो थिएन, ३ बजेपछि मज्जाले ठेलामा व्यापार गर्न पाईन्थ्यो” उनले भने ।

विस्तारै गर्दै जाँदा काम गर्नेलाई तलब दिएर र लगानी छुट्याएर पनि मासिक ३५/४० हजार बचत हुन लाग्यो । उनको मनमा उही खिचडी पाक्न थाल्यो हस्पिटल!
एक त पहिला हस्पिटलमै रहेका उनी मान्छे पनि केहीमात्रामा चिनेका थिए । उनले आँट गरेर हस्पिटल खोल्ने निधो नै गरे ।
त्यसको लागि जग्गा चाहियो, उनले त्यसका लागि सर्च गर्न सुरु गरे । खोजि गर्दै जाँदा उपत्यका बाहिर चलनचल्ती कम भएको सरकारी जग्गा पाईन्छ भन्ने पत्तो लगाए ।
पुनः त्यहि ५० हजारको हाराहारीमा रहेको आफ्नो रकमको आडमा सिमरामा जग्गा हेर्न गए ।

जोखिम मोलेरै उनले २० विगा जग्गाको लागि २ करोडको चेकमा हस्ताक्षर गरी सहमति गरे ६ महिनाको लागि ।
त्यत्तिबेला कि पुनः त्यहि जग्गा बेच्नुपर्ने थियो, या हस्पिटल खोलेर उक्त रकम ६ महिनामा सल्टाउनुपर्ने उनलाई दबाब सिर्जना भयो ।
“जसरी नि ६ महिनामा त्यो रकम भुक्तानी गर्नुपथ्र्यो या जेल जानुपर्ने थियो मलाई, मैले सोचे do before die, केही उपाय नलागे बाउले तिर्नुहोला नभए जेल जाउँला, मेरो यो उमेरमा के नै छ र सबै सकिनलाई बरु अन्त्यमा परि आए शिव भक्त भएर पहाड तिर गएर बसौला भनेर आँटे”

यत्रो रकमको चेकमा हस्ताक्षर गरिसकेपछि मन पोल्न थालेको बेला एउटा हस्पिटलको लाइसेन्स बिक्रिमा आएको थाहा पाएपछि पुनः ऋण नै लिएर उक्त लाइसेन्सका लागि उनले वैनो रकम दिए । पहिला हस्पिटलमा भएको हुँदा आफुले डाक्टरहरु चिनेकोले उनीहरुको सहायता लिएर बैंकबाट ऋण लिई उक्त लाइसेन्सको बैंनो गरेको बताउँछन् ।

यो क्रममा उनी सिमरामै रहेर जग्गा दलालीको काम गर्ने मौका पाए । बैना गर्दै जग्दा लिँदै गर्दा उनले करिबि तीन महिनामा ८० लाख जति कमाएको अनुभव दर्शाउँछन् ।

अर्थशास्त्रमो एउटा भनाई छ “High risk high profit” उनको जिवनमा पनि त्यस्तै घटना भयो । यदि जग्गाको मामलामा कतै फसेको भए आफैले भनेजस्तो कि जेल जानु त कि पहाडतिर जानुको विकल्प थिएन तर त्यस्तो नभई नाफा नै भयो ।

आफु ४०/५० हजारमा खेलेको मान्छे लाखौमा पुगेपछि आफुलाई थप जोस जाँगर आएको बताउँछन् ।

भन्छन् “म शिव भगवान्को भक्त हुँ यो भगवानकै आर्शिवादले भएको हो ।”
शिव भगवानले एउटै शरीरिमा सर्प र मुसा बोकेको कुराले आफु शिवको भक्त भएको बताउँछन् । भन्छन् “शिव भगवान्मा जस्तो व्यावस्थापन कला अन्यन्त्र देखिन त्यसैले शिवको भक्त बनेको हुँ ।”

तरपनि उनले त्यो नाफा पश्चात पनि जग्गा दलालीको कामलाई निरन्तरता दिँदै बाग्मति अञ्चलको भोटेचौरमा ११८ रोपनि जग्गा बैनामा नै लिएर बिक्रि गर्दै अगाडी बढे ।
यसरी तीनचार वर्ष विताएपछि उनी रिसार्ट, हस्पिटालिटि, एजुकेशनमा सेयर राख्दै विजनेशमा प्रवेश गरे ।
करिब पाँच वर्ष यता विजनेशमा लागेका लामिछानेले अहिले युवा उद्यमीको छुट्टै परिचय बनाउन सफल भएका छन् ।
अल्पकालमा जता गएपनि उनीमा ‘साहारा’ ब्राण्ड र ‘हस्पिटल’ चाहना भने अझै हराएको छैन ।

हालसालै उनले साहारा ग्लोबल विजनेश ग्रुप अन्तर्गत साहारा टेलिभिजन प्रालि, साहारा कन्स्ट्रक्सन एण्ड आर्कीटेक्चर प्रालि,साहारा मल्टी एग्रो एण्ड फार्मिङ प्रालि,साहारा हाईड्र एण्ड एनर्जी प्रालि, साहारा विजनेश ग्रुरुपमासाहारा हस्पिटालीटि एण्ड एण्ड म्यानेजमेन्ट प्रालि,साहारा ग्लोबल विजनेश प्रालिमासाहारा हस्पिटल प्रालि लञ्च गरेका छन् । अहिले करिब ४० करोडको लगानीमा कम्पनी लञ्च गरिएको हो । आवस्यकता अनुसार थप्दै जाने उनको भनाई छ ।

एग्रो, हस्पिटालिटि, एजुकेशन र रिसोर्टको सेवालाई अबको पाँच वर्षमा सबै प्रदेशमा विस्तार गर्ने योजना अनुसार लामिछाने अहिले अगाडी बढीसकेका छन् ।
मध्य वानेश्वरमा यस ग्रुपको लागि आफ्नै भवन बनाउन सुरु गरिसकेका छन् । आगामी वैशाख सम्ममा उक्त भवन बनिसकेपछि सबै कम्पनीको केन्द्र आफ्नै भवनमा रहने छ । उक्त भवन पनि करिब ८ करोडको लगानीमा बनिरहेको छ ।
वानेश्वरमै यहि महिनामा नै सञ्चालन गर्ने गरि टेलिभिजन विस्तार गर्दैछन् । साथै कतिपय हाईड्रोहरुसँग सहकार्यका लागि सम्झौता गरिसकेका छन् ।

अहिलेसम्म उनी एकल लगानीमै विजनेश विस्तार गरिरहेका छन् भने हाईड्रो लगायतका क्षेत्रमा अन्तराष्ट्रिय लगानीकर्ता पनि इच्छुक रहेको बताउँदै पार्टनर राम्रो भएमा र आवस्यक भएमा सहकार्यका प्रस्तावलाई पनि स्वीकार गरेर अगाडी बढ्ने बताएका छन् । उनको अनुभवमा जीवनमा असम्भव भन्ने केही छैन । दुःख संघर्ष गरेर अगाडि बढ्ने हो भने एक न एकदिन आफूले चाहेको मुकाममा पुग्न सकिने उनी बताउँछन् ।

(अनुमति बिना जस्ताको तस्तै वा परिर्वत गरि अन्य कुनै पत्रिका,अनलाईन तथा यूट्युवमा राख्न मिल्ने छैन, यदि यस्तो भएको खण्डमा कपी राईट लाग्ने छ, समग्र समाचार साप्ताहिकबाट)

२०७८ भदौ १३ गते प्रकाशित


विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

१ अर्ब ६० करोडको लगानीमा म्यारियट मक्सी होटलको तयारी

१ अर्ब ६० करोडको लगानीमा म्यारियट मक्सी होटलको तयारी

वि.सं.२०८२ असार ५ बिहीवार १९:४५

काठमाडौं । करिब ६ बर्षअघि काठमाडौंको नागपोखरीमा पाँचतारे म्यारियट होटल...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

वि.सं.२०८२ असार १ आइतवार १७:३९

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७...