back
Naima

“सामाजिक सुरक्षा कोषमा जम्मा भएको पैसाको हिसाब योगदानकर्ताले पाउनुहुन्छ”

काठमाडौँ । नेपाल उद्योग परिसंघ रोजगारदाता परिषद र प्रदेश नं १ उद्योग परिसंघले सामाजिक सुरक्षाकोषसँग योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको विषयमा छलफल गरेका छन् । योगदानमा सामाजिक सुरक्षा कार्यक्रमको विषयमा कर्मचारी, ट्रेड युनियनका पदाधिकारी बीचमा अन्यौलता कायम रहेका बेला परिसंघले छलफल कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवालले सामाजिक सुरक्षा कार्यक्रमको विषयमा अन्यौलता कायम रहेको भन्दै त्यसमा प्रष्टता आवश्यक रहेको बताए ।
प्रदेश नं १ उद्योग परिसंघका अध्यक्षभीम घिमिरेले सुमधुर औद्योगिक वातावरणका लागि सामाजिक सुरक्षाका विषयमा सबै सरोकारवालाबीच खुला छलफल हुनु आवश्यक रहेको बताए । उनले रोजगारदाता र श्रमिकबीच सुमधुर सम्बन्ध स्थापित गर्न आफूहरुले पहलगर्ने उल्लेख गरे ।

छलफलमा सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले सामाजिक सुरक्षा कोषमा आवद्ध सबै योगदानकर्ताले आफूले गरेको योगदनको हिसाब खोज्न पाउने बताए । उनले सामाजिक सुरक्षा कोषमा आवद्ध भएका कर्मचारीहरुको दुर्घटनामा उपचारल गायतका सुविधाका लागि अस्पतालहरुसँग सहकार्य गरेर अघि बढ्न लागिएको जानकारी दिए ।

उनले अहिले योगदानकर्तालाई उपचारमा समस्या भएको भन्दै त्यसको समाधानकालागि काम भइरहेको पनि बताए ।

रेग्मीले २०७८ असार मसान्तभन्दा अगाडि आवद्ध भएका योगदानकर्ताले आफूले बचत गरेको सबै रकमफिर्ता लैजानपाउने बताए । २०७८ असारपछि आवद्ध भइ पेन्सन योजनामा सहभागी भएका बचतकर्ताले ६० वर्षपछि पेन्सन योजजनका लागि गरेको बचत बाहेक सबै रकम निकाल्न सक्ने बताए । कार्यक्रममा रोजगारदाता परिषदका संयोजक अमित बेगानी सहित प्रदेश नं १ उद्योगी व्यवसायीको उपस्थिति थियो ।

नेपालउद्योग परिसंघ अन्तर्गत राजस्व समिति गठन

नेपाल उद्योग परिसंघ अन्तर्गत राजस्व समिति गठन भएको छ । परिसंघका उपाध्यक्ष राजेश अग्रवालकोअर्डिनेटिङ उपाध्यक्ष र राष्ट्रिय परिषद सदस्य राहुलकुमार अग्रवाल संयोजक रहने गरी समिति गठन गरिएको हो । समितिको सहसंयोजक वरुण तोदी रहेका छन् ।

समितिले औद्योगिक विकास मैत्री राजस्वनीति तर्जुमा एवं त्यसको कार्यान्वयनका लागि नेपाल सरकारसँग सहकार्य गर्नेछ । आयातमा आधारित राजस्व प्रणालीलाई स्वदेशी उद्योगमा आधारित राजस्व प्रणालीमा परिवर्तन गर्ने र राजस्वको दीगो आधार तयार गर्न सरकारलाई सहयोग गर्ने लक्ष्यपनि राखिएको छ ।

औद्योगीकरणका लागि राजस्वनीति भन्ने मूलविषयमा आधारित रहेर समितिले निरन्तर सरकारलाई सुझावदिने र कार्यान्वयनका लागि पहल गर्नेछ । “हाम्रो राजस्व प्रणालीलाई उद्योग मैत्री बनाउने र औद्योगीकरणमा सहयोग गर्ने नीति तर्जुमा सहकार्य गर्ने समितिको मुख्य उद्देश्यहो,” परिसंघका उपाध्यक्ष अग्रवालले भने ।
समितिमा अमित मोर, आशिष अग्रवाल, गौरव गोयल, तारा प्रसाद पौडेल, दिलिप अग्रवाल, द्विराज शर्मा, नरेश दाश, मनिष खेमका, विक्रम सिंघानिया, विदुशी राणा, विवेक दुगड र सौरभ दुगड रहेका थिए ।

२०७८ भदौ १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...

राष्ट्र बैंक ऐन संशोधन विधेयक: गभर्नरको कार्यकाल तीनदेखि पाँच वर्षसम्म राख्न सांसदहरूको सुझाव

राष्ट्र बैंक ऐन संशोधन विधेयक: गभर्नरको कार्यकाल तीनदेखि पाँच वर्षसम्म राख्न सांसदहरूको सुझाव

वि.सं.२०८३ साउन २० बुधवार १८:१९

काठमाडौँ । अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई...