back

सिटी एक्सप्रेस मनी ट्रान्सफर र अल मुल्ला एक्सचेन्जबीच रेमिटान्स कारोबार सुरु

काठमाडौँ। कुवेतको ख्यातिप्राप्त अल मुल्ला एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ। अल मुल्ला एक्सचेन्ज कुवेतको पहिलो मोबाइल एप्लिकेसन सुरु गर्ने रेमिटान्स कम्पनी हो। जसको १०२ स्थानमा आफ्ना शाखाहरु उपलब्ध छन्।

कुवेतमा रहेका नेपालीले अल मुल्ला एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् र नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिनेछ। यसका साथै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने र मोबाइल वालेटमा लोड गर्न सकिन्छ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।

२०७८ भदौ १० गते प्रकाशित


ग्लोबल आइएमई बैंकले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा

ग्लोबल आइएमई बैंकले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा

वि.सं.२०८१ कात्तिक २० मंगलवार ११:५०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न...

अहिले बैंकवित्तको व्याज निकै सस्तो, तर लगानी बढेन ! कहिले उकासिन्छ अर्थतन्त्र ?

अहिले बैंकवित्तको व्याज निकै सस्तो, तर लगानी बढेन ! कहिले उकासिन्छ अर्थतन्त्र ?

वि.सं.२०८१ कात्तिक २० मंगलवार ११:०४

काठमाडौं । बैंकवित्तमा लगातार व्याजदर घट्दा पनि कर्जा प्रर्वाह खासै...

तिहार तथा छठ बिदामा पनि वाणिज्य बैंकहरुले सेवा दिने

तिहार तथा छठ बिदामा पनि वाणिज्य बैंकहरुले सेवा दिने

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार ११:१४

काठमाडौं । तिहारको बिदामा पनि बैंकहरुले सेवा दिएका छन् ।...

बेष्ट फाइनान्सको २७औं वार्षिक साधारण सभा सम्पन्न

बेष्ट फाइनान्सको २७औं वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार १०:५५

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको २७औं वार्षिक साधारण सभा सम्पन्न...

नेपाल बैंकका ग्राहकलाई एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसमा विशेष छुट

नेपाल बैंकका ग्राहकलाई एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसमा विशेष छुट

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार १०:४८

काठमाडौं ।  नेपाल बैंकका ग्राहकले एएसजी आई केयर एण्ड हेल्थ...

प्रतिलिटर १ रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मूल्य

प्रतिलिटर १ रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मूल्य

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार १०:३१

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...