सुनको मूल्यमा सामान्य गिरावट

वि.सं.२०७८ भदौ १० बिहीवार

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा २०० रुपैयाँले घटेको हो। यो सँगै प्रतितोला फाइन गोल्ड ९१ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ६०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाका १ हजार २१० रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार २१० रुपैयाँमा किनबेच भएको थियो।
२०७८ भदौ १० गते प्रकाशित

प्रकाशित समय : १३:०६ बजे