back

मेगा म्युचुअल फन्ड–१ मा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ। मेगा म्युचुअल फन्ड–१ का इकाइहरुमा आवेदन दिने अन्तिम दिन रहेको छ । मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालित यस फण्डको खरिदका लागि आवेदन दिने समय आजसम्म रहेको हो ।

कोष प्रवर्द्धक मेगा बैंक नेपाल र योजना व्यवस्थापक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेका यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइहरु गत भदौ ४ गतेदेखि बिक्री खुला गरिएको थियो। यस योजनामा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।

कुल इकाइमध्ये कोष प्रवर्द्धक मेगा बैंकलाई १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाइ छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा तथा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तिनका शाखा कार्यालयहरु र मेरो सेयरबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
दसवर्षे बन्दमुखी यस योजनालाई धितोपत्र बोर्डले गत साउन २८ गते निष्कासन अनुमति दिएको थियो।

२०७८ भदौ १० गते प्रकाशित


बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४५

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ बजेट निर्माण सम्बन्धमा...

शेयर बजार पुन: लयमा, बिहीबार नेप्से ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा

शेयर बजार पुन: लयमा, बिहीबार नेप्से ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा

वि.सं.२०८१ चैत १४ बिहीवार १६:३८

काठमाडौं । बिहीबार नेप्से परिसूचक ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा पुगेको...

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

वि.सं.२०८१ चैत १३ बुधवार १२:०५

ललितपुर। ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ...

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग: प्रतिपक्षीद्वारा संसद् अवरोध

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग: प्रतिपक्षीद्वारा संसद् अवरोध

वि.सं.२०८१ चैत १३ बुधवार ११:५९

काठमाडौं । विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा कुलमान घिसिङलाई नेपाल विद्युत्...

भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

वि.सं.२०८१ चैत १३ बुधवार ११:३५

सुर्खेत । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी बबई डाइभर्सन...

कुलमान घिसिङलाई हटाउने निर्णयको असर शेयर बजारमा : नेप्से २६०० विन्दुमुनि

कुलमान घिसिङलाई हटाउने निर्णयको असर शेयर बजारमा : नेप्से २६०० विन्दुमुनि

वि.सं.२०८१ चैत १२ मंगलवार १६:०३

काठमाडौ। आज  नेप्से परिसूचक ५८.०५ अंक घटेर २५८२.७३ विन्दुमा झरेको...