back

लगानीकर्ता निर्मल प्रधानको लहैलहैमा, १५ वटा हाईड्रो सेयर मूल्यमा नकरात्मक सर्किट

काठमाडौँ । यो साताको पहिलो कारोबार भएको दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । यो दिन नेप्से ५५.८९ अंकले घटेर ३१२५ बिन्दूमा कायम भएको छ ।

बजारलाई रातो बाटोमा लैजान हाईड्रो समूहले ‘लिड’ गरेको छ । व्यावसायी निर्मल प्रधानले आइतबार एक टिभि कार्यक्रममा बोल्दै ‘पानीको लगानी पानीसँगै बग्छ’ भन्दै हाईड्रोमा भविष्य नभएको बताएका थिए । लगानी उनकै लहैलहैमा लाग्दा आज हाईड्रो सेक्टरमा गिरावट आएको हो । यो दिन हाईड्रोमा ६.२० प्रतिशत अर्थात २३२.४१ अंकले घटेको छ ।

यस्तै हिमालयन पावर पार्टनर, पञ्चकन्या माई हाईड्रोपावर, रुरु जलविद्युत परियोजना, शिभ श्री हाईड्रोपार, युनियन हाईड्रोपावर, यूनिर्भसल पावर कम्पनी, घलेमढी हाईड्रो, जासि हाईड्रोपावर, आँखुखोला जलविद्युत परियोजना, कालिका पावर कम्पनी, नेपाल हाईड्रो, सिनर्जी पावर डेभलपमेन्ट, दिव्याश्वरी हाईड्रोपावर, खानिखोला हाईड्रोपावर र नेशनल हाईड्रेपावर कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको हो ।

२२५ कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता सेयर १ लाख ५६ हजार ९१३ पटक किनबेच हुँदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

२०७८ भदौँ ८ गते प्रकाशित


इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

वि.सं.२०८१ जेठ ४ शुक्रवार २३:१२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नीति...

खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यकः मन्त्री बस्नेत

खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यकः मन्त्री बस्नेत

वि.सं.२०८१ जेठ ४ शुक्रवार २२:५३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय...

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

वि.सं.२०८१ जेठ ३ बिहीवार १८:२४

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

वि.सं.२०८१ जेठ ३ बिहीवार ०९:४१

काठमाडौँ ।  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ जेठ २ बुधवार १०:४७

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

फोहोरबाट रोजगारी सिर्जना गर्न कोरियाद्वारा नेपाललाई ९८ लाख अमेरिकी डलर सहयोग

फोहोरबाट रोजगारी सिर्जना गर्न कोरियाद्वारा नेपाललाई ९८ लाख अमेरिकी डलर सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १०:१९

काठमाडौं । दक्षिण कोरियाले फोहोर मैला व्यवस्थापनबाट हरित रोजगारी सिर्जना...