back

सेयर बजारमा भारी गिरावट, यी २० कम्पनीका लगानीकर्ताको पुर्पुरोमा हात

काठमाडौँ । यो साताको पहिलो कारोबार भएको दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । यो दिन नेप्से ५५.८९ अंकले घटेर ३१२५ बिन्दूमा कायम भएको छ ।

यो दिन २० कम्पनीका लागनीकर्ताले भने पुर्पुरो नै समाउने भएका छन् । आज १६ कम्पनीको सेयर मूल्यमा नकरात्क सर्किट लागेको छ भने थप चार कम्पनीको सेयर मूल्यमा पनि ९ प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।

आज युनाईटेड मोदि हाईड्रोपावर, हिमालय उर्जा विकास कम्पनी, माउन्टेन हाईड्रो नेपाल र लिवर्टी इनर्जी कम्पनीको सेयर मूल्यमा ९ प्रतिशत भन्दा बढी गिरावट आएको छ ।

यस्तै हिमालयन पावर पार्टनर, पञ्चकन्या माई हाईड्रोपावर, रुरु जलविद्युत परियोजना, शिभ श्री हाईड्रोपार, युनियन हाईड्रोपावर, यूनिर्भसल पावर कम्पनी, घलेमढी हाईड्रो, जासि हाईड्रोपावर, आँखुखोला जलविद्युत परियोजना, कालिका पावर कम्पनी, नेपाल हाईड्रो, सिनर्जी पावर डेभलपमेन्ट, दिव्याश्वरी हाईड्रोपावर, खानिखोला हाईड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र नेशनल हाईड्रेपावर कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको हो ।

प्रतिशतको हिसाबले यी कम्पनीका लगानीकर्ताले धेरै गुमाएपनि रकमका आधारमा भने यूनिलिभर नेपालका लगानीकर्ताले धेरै गुमाएका छन् । आज यस कम्पनीको सेयर मूल्यमा सबैभन्दा धेरै मूल्यको गिरावट आएको हो । यस कम्पनीका लगानीकर्ताले आज प्रतिकित्ता ३ सय ८० का दरले नोक्सानी व्यहोरेका हुन् । यद्यपी यो रकम कम्पनीको अघिल्लो कारोबार बन्द हुँदा समायोजन भएको मूल्यको १.९० प्रतिशत मात्रै हो । आज घटेसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९ हजार ५८० रहेको छ ।

२०७८ भदौँ ८ गते प्रकाशित


नेप्से सूचकसँगै कारोबार पनि घट्यो, कुनको कति भयो कारोबार ?

नेप्से सूचकसँगै कारोबार पनि घट्यो, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ भदौ २५ मंगलवार १५:५९

काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजारले मंगलबार पनि निरन्तरता...

आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

वि.सं.२०८१ भदौ २५ मंगलवार १४:५८

काठमाडौं ।अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने...

गण्डकीमा प्राविधिक शिक्षालय बनाउन कोरियाले डेढ अर्ब सहयोग गर्ने

गण्डकीमा प्राविधिक शिक्षालय बनाउन कोरियाले डेढ अर्ब सहयोग गर्ने

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:२०

पोखरा । गण्डकी प्रदेश सरकारले सञ्चालनमा ल्याएको गण्डकी प्राविधिक शिक्षालय...

प्रभु महालक्ष्मी लाइफले १० प्रतिशत बोनस सेयर दिने

प्रभु महालक्ष्मी लाइफले १० प्रतिशत बोनस सेयर दिने

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:१६

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर...

गुराँस लघुवित्तद्वारा लाभांश घोषणा

गुराँस लघुवित्तद्वारा लाभांश घोषणा

वि.सं.२०८१ भदौ २५ मंगलवार ११:३१

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको...

अनलाइन भुक्तानीमा उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत रकम फिर्ता पाउने

अनलाइन भुक्तानीमा उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत रकम फिर्ता पाउने

वि.सं.२०८१ भदौ २४ सोमवार ०९:३९

काठमाडौं । कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतीय...