back
skip this gaugauma singhadarbar

नेट २०३० माथि एफएनसीसीआईले गर्यो राप्रपासंग छलफल

काठमाडौँ । राष्ट्रिय आर्थिक रुपान्तरण(नेट) भिजन पेपरलाई प्रभावकारी कार्यान्वयनमा लैजाने क्रममा नेपाल उद्योग वाणिज्य महासंघले राजनीतिक दलहरूसंगको छलफललाई अगाडि बढाएको छ । सो क्रममा आज एफएनसीसीआईले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरूसंग महासंघ सचिवालयमा छलफल गरेको हो ।

छलफलमा महासंघका अध्यक्ष शेखर गोल्छा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरू कमल थापा, पशुपति शमसेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष अन्जन श्रेष्ठ, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, राप्रपाको आर्थिक समितिका संयोजक उद्धव पौडेल र कार्यसम्पादन समितिका सदस्य मोहन श्रेष्ठ सहभागी थिए ।

सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले भिजन पेपरका वारेमा विस्तृत रूपमा जानकारी गराउंदै यसको सफल कार्यान्वयनमा महासंघले सवै राजनीतिक दलहरूको सहयोग खोजेका बताए । मुलुकको अर्थतन्त्र एक सय अर्व अमेरिकी डलर पुरयाउने, थप २३ लाख अतिरिक्त रोजगारी सृजना गर्ने र जीडिपीको अनुपातमा व्यापार घाटा आधा घटाउने मुख्य लक्ष्यका साथ ल्याइएको नेट २०३० को सफल कार्यान्वयन सरकार, सबै राजनीतिक दलहरू, निजी क्षेत्रको संयुक्त सहयोग र सहकार्यबाट मात्र सम्भव हुने बताए ।

सरकारको वार्षिक बजेट तथा राष्ट्र बैंकको मौद्रिक नीति मार्फत आएका कतिपय कार्यक्रम तथा नीतिहरू भिजन पेपरको कार्यान्वयनलाई सहज बनाउने खालको आएको पनि उनको भनाई थियोय । भिजन पेपरको सफल कार्यान्वयनका लागि महासंघले एक सय वटा प्रयासहरूको पहिचान गरेको र ती मध्ये करिव आधा जतिको कार्यान्वयनको थालनी भैसकेको पनि बताए ।

कोभिडले थला परेको अर्थतन्त्रलाई माथि उठाउन उद्योग व्यवसायको पुनरुत्थान र नयां थप उद्योग व्यवसाय विस्तार आवश्यक भएकोमा अध्यक्ष गोल्छाले जोड दिए । उनले उद्योगधन्दा विस्तारका लागि विशेष गरी लगानी तथा व्यापार व्यवसाय प्रवद्र्धनमा वाधा बनेका करिव डेढ दर्जन पुराना ऐन कानूनहरूको तत्काल संशोधन तथा पुनरलेखनमा महासंघले सरकारलाई सुुझाएको बताए ।

सरकार र नेपाल राष्ट्र बैंकको उचित सहयोगका कारण पहिलो कोभिड लहर पश्चात केही क्षेत्र बाहेक अन्य क्षेत्रहरू सहज रुपमा माथि उठन सके पनि दोस्रो लहर अर्थतन्त्रका लागि बढी घातक हुन पुुगेको स्पष्ट पारे । अर्थतन्त्रलाई अहिलेको संकटबाट माथि उठाउन सरकारले ल्याएका नीति तथा कार्यक्रम र महासंघले भिजन पेपर मार्फत अगाडी सारेका कार्यक्रम तथा सुुझावहरूको पूर्ण कार्यान्वयन निजी क्षेत्रले खोेजेको र त्यसमा राजनीतिक दल तथा सरकारका तर्फबाट पूर्ण सहयोग रहने विश्वास महासंघको छ, उनले भने ।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट तीनै जना अध्यक्षहरुले आफ्नो दल यतिखेर आर्थिक नीति बनाउने तयारीमा रहेकाले निजी क्षेत्रसंग सल्लाह सुुझाव लिने उद्देश्यले महासंघको नेतृत्वसंग छलफल गर्न आएको जानकारी गराए ।

महासंघले अगाडी सारेको भिजन पेपर र त्यसले लिएका लक्ष्यहरु निकै नै महत्वपूर्ण रहेको र यो दस्तावेज सरकार तथा सवै राजनीतिक दलहरुका लागि समेत अत्यन्त महत्वपूर्ण रहेको भन्दै यसको सफल कार्यान्वयनमा आफ्नो दलको तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाए ।

्आफ्नो दल निजी क्षेत्र मैत्री रहेकोमा विश्वस्त हुन आग्रह गर्दै निजी क्षेत्र मैत्री वातावरण भयो भने मात्र मुलुकुभित्र उद्योग धन्दा विस्तार हुने, रोजगारी सृजना हुने, वाह्य लगानी आउनेमा आफूहरू स्पष्ट रहेको उनीहरूले बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन आवश्यक रहेको बताए । निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमुुल परिवर्तन, नीतिगत स्थिरता आवश्यक रहेकोमा जोड दिए । महत्वपूर्ण ऐन कानून बनाउंदा सरोकारवालाहरूलाई साथै लिएर बनाउनुपर्ने र मुलुकभित्र लागू भएका ऐन कानून सबैलाई बराबरी लागू हुनुुपर्ने सुुझाव उनीहरूको थियो ।

कार्यक्रममा महासंघको कायकारिणी समितिका सदस्यहरू दिलसुन्दर श्रेष्ठ र सुरकृष्ण वैद्य, महासंघका निमित्त महानिर्देशक गोकर्णराज अवस्थी, उपनिर्देशक विदुरचन्द्र लामिछानेको उपस्थिति थियो ।

२०७८ भदौ १ गते प्रकाशित

gaugauma singhadarbar

सेयर धितोमा डेढ खर्ब कर्जा प्रवाह, लगानीकर्ताले कुन बैंक तथा वित्त कम्पनीबाट कति लिए ऋण ?(लिस्टसहित)

सेयर धितोमा डेढ खर्ब कर्जा प्रवाह, लगानीकर्ताले कुन बैंक तथा वित्त कम्पनीबाट कति लिए ऋण ?(लिस्टसहित)

वि.सं.२०८२ मंसिर २७ शनिवार १८:०७

काठमाडौं । सेयर धितोमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने...

बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब...

अर्थमन्त्री खनालसँग अध्यक्ष श्रेष्ठले गरे ‘एनआरएन डेभलपमेन्ट फन्ड’ सञ्चालनबारे छलफल

अर्थमन्त्री खनालसँग अध्यक्ष श्रेष्ठले गरे ‘एनआरएन डेभलपमेन्ट फन्ड’ सञ्चालनबारे छलफल

वि.सं.२०८२ मंसिर २६ शुक्रवार ०९:४७

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष महेशकुमार श्रेष्ठले अर्थमन्त्री रामेश्वर...

राष्ट्र बैंकद्वारा एआई मार्गदर्शन जारी, पुस १५ गतेभित्र सुझाव पेश गर्न आग्रह

राष्ट्र बैंकद्वारा एआई मार्गदर्शन जारी, पुस १५ गतेभित्र सुझाव पेश गर्न आग्रह

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकले कृत्रिम बौद्धिकता ‘आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइन्स’...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर : धमाधम तानिदै विशिष्ट व्यक्तिहरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर : धमाधम तानिदै विशिष्ट व्यक्तिहरु

वि.सं.२०८२ मंसिर २१ आइतवार १६:५३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा...

सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैन: अध्यक्ष ढकाल

सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैन: अध्यक्ष ढकाल

वि.सं.२०८२ मंसिर २१ आइतवार ११:४०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...