back

नेट २०३० माथि एफएनसीसीआईले गर्यो राप्रपासंग छलफल

काठमाडौँ । राष्ट्रिय आर्थिक रुपान्तरण(नेट) भिजन पेपरलाई प्रभावकारी कार्यान्वयनमा लैजाने क्रममा नेपाल उद्योग वाणिज्य महासंघले राजनीतिक दलहरूसंगको छलफललाई अगाडि बढाएको छ । सो क्रममा आज एफएनसीसीआईले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरूसंग महासंघ सचिवालयमा छलफल गरेको हो ।

छलफलमा महासंघका अध्यक्ष शेखर गोल्छा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरू कमल थापा, पशुपति शमसेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष अन्जन श्रेष्ठ, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, राप्रपाको आर्थिक समितिका संयोजक उद्धव पौडेल र कार्यसम्पादन समितिका सदस्य मोहन श्रेष्ठ सहभागी थिए ।

सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले भिजन पेपरका वारेमा विस्तृत रूपमा जानकारी गराउंदै यसको सफल कार्यान्वयनमा महासंघले सवै राजनीतिक दलहरूको सहयोग खोजेका बताए । मुलुकको अर्थतन्त्र एक सय अर्व अमेरिकी डलर पुरयाउने, थप २३ लाख अतिरिक्त रोजगारी सृजना गर्ने र जीडिपीको अनुपातमा व्यापार घाटा आधा घटाउने मुख्य लक्ष्यका साथ ल्याइएको नेट २०३० को सफल कार्यान्वयन सरकार, सबै राजनीतिक दलहरू, निजी क्षेत्रको संयुक्त सहयोग र सहकार्यबाट मात्र सम्भव हुने बताए ।

सरकारको वार्षिक बजेट तथा राष्ट्र बैंकको मौद्रिक नीति मार्फत आएका कतिपय कार्यक्रम तथा नीतिहरू भिजन पेपरको कार्यान्वयनलाई सहज बनाउने खालको आएको पनि उनको भनाई थियोय । भिजन पेपरको सफल कार्यान्वयनका लागि महासंघले एक सय वटा प्रयासहरूको पहिचान गरेको र ती मध्ये करिव आधा जतिको कार्यान्वयनको थालनी भैसकेको पनि बताए ।

कोभिडले थला परेको अर्थतन्त्रलाई माथि उठाउन उद्योग व्यवसायको पुनरुत्थान र नयां थप उद्योग व्यवसाय विस्तार आवश्यक भएकोमा अध्यक्ष गोल्छाले जोड दिए । उनले उद्योगधन्दा विस्तारका लागि विशेष गरी लगानी तथा व्यापार व्यवसाय प्रवद्र्धनमा वाधा बनेका करिव डेढ दर्जन पुराना ऐन कानूनहरूको तत्काल संशोधन तथा पुनरलेखनमा महासंघले सरकारलाई सुुझाएको बताए ।

सरकार र नेपाल राष्ट्र बैंकको उचित सहयोगका कारण पहिलो कोभिड लहर पश्चात केही क्षेत्र बाहेक अन्य क्षेत्रहरू सहज रुपमा माथि उठन सके पनि दोस्रो लहर अर्थतन्त्रका लागि बढी घातक हुन पुुगेको स्पष्ट पारे । अर्थतन्त्रलाई अहिलेको संकटबाट माथि उठाउन सरकारले ल्याएका नीति तथा कार्यक्रम र महासंघले भिजन पेपर मार्फत अगाडी सारेका कार्यक्रम तथा सुुझावहरूको पूर्ण कार्यान्वयन निजी क्षेत्रले खोेजेको र त्यसमा राजनीतिक दल तथा सरकारका तर्फबाट पूर्ण सहयोग रहने विश्वास महासंघको छ, उनले भने ।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट तीनै जना अध्यक्षहरुले आफ्नो दल यतिखेर आर्थिक नीति बनाउने तयारीमा रहेकाले निजी क्षेत्रसंग सल्लाह सुुझाव लिने उद्देश्यले महासंघको नेतृत्वसंग छलफल गर्न आएको जानकारी गराए ।

महासंघले अगाडी सारेको भिजन पेपर र त्यसले लिएका लक्ष्यहरु निकै नै महत्वपूर्ण रहेको र यो दस्तावेज सरकार तथा सवै राजनीतिक दलहरुका लागि समेत अत्यन्त महत्वपूर्ण रहेको भन्दै यसको सफल कार्यान्वयनमा आफ्नो दलको तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाए ।

्आफ्नो दल निजी क्षेत्र मैत्री रहेकोमा विश्वस्त हुन आग्रह गर्दै निजी क्षेत्र मैत्री वातावरण भयो भने मात्र मुलुकुभित्र उद्योग धन्दा विस्तार हुने, रोजगारी सृजना हुने, वाह्य लगानी आउनेमा आफूहरू स्पष्ट रहेको उनीहरूले बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन आवश्यक रहेको बताए । निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमुुल परिवर्तन, नीतिगत स्थिरता आवश्यक रहेकोमा जोड दिए । महत्वपूर्ण ऐन कानून बनाउंदा सरोकारवालाहरूलाई साथै लिएर बनाउनुपर्ने र मुलुकभित्र लागू भएका ऐन कानून सबैलाई बराबरी लागू हुनुुपर्ने सुुझाव उनीहरूको थियो ।

कार्यक्रममा महासंघको कायकारिणी समितिका सदस्यहरू दिलसुन्दर श्रेष्ठ र सुरकृष्ण वैद्य, महासंघका निमित्त महानिर्देशक गोकर्णराज अवस्थी, उपनिर्देशक विदुरचन्द्र लामिछानेको उपस्थिति थियो ।

२०७८ भदौ १ गते प्रकाशित


प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

वि.सं.२०८१ माघ २८ सोमवार १८:३९

काठमाडौं । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत...

‘आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित’

‘आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित’

वि.सं.२०८१ माघ २७ आइतवार १८:०५

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष...

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

वि.सं.२०८१ माघ २५ शुक्रवार १६:४८

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष...

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

वि.सं.२०८१ माघ २० आइतवार १२:२२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार चीनबाट आयात हुने...

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ २० आइतवार ११:५६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा...

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:४२

काठमाडौं । अमेरिकाको राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले एकपछि अर्को ठूला...