नेप्से अपडेटः ०.०१ प्रतिशतले बढ्दा ३१६०.३२ को बिन्दूमा, कारोबार रकम १८ अर्ब माथि

वि.सं.२०७८ भदौ १ मंगलवार

साताको तेस्रो कारोबार दिन आज नेप्से ०.०१ प्रतिशत अर्थात ०.२३ अंकले बढेर ३१६०.३२ बिन्दूमा पुगेको छ । यो दिन २२१ कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार बराबरको कारोबार भएको छ ।
बजार सामान्य वृद्धिको अवस्थामा बन्द भएपनि यता १२ वटा उपसमूहको सूचिमा भने घट्नेको संख्या बढी छ ।
यो दिन ७ उपसमूहको सूचकमा रातो छाएको हो । डेभलपमेन्ट बैंक, फाइनान्स, हाईड्रो, लगानी, उत्पादन तथा प्रशोधन र माईक्रोफाइनान्सको सूचकमा भने हरीयाली छाएको छ । यसरी नै यो दिन बैंकिङ, होटल एण्ड टुरिजम, लाइफ इन्स्योरेन्स, म्युच्युअल फण्ड, नीर्जिबन बीमा, अन्य र ट्रेड्रिको सूचकमा राताम्मे देखिएको हो ।
सार्वधिक रकमको कारोबार गर्ने कम्पनीः
आज अपी पावर कम्पनीको ८६ करोड बढीको कारोबार भएको छ । आज कम्पनीको सेयर मूल्य ८ रुपैयाँ २० पैसा बढेर प्रति कित्ता ६४० पुगेको यस कम्पनीको आज ८६ करोड ३८ लाख २४ हजार बराबरको कारोडबार भएको हो । त्यस्तै दोस्रोमा हाईड्रो इलेस्ट्रिसिटि इन्भेष्टिमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ६२ करोड ४० लाख ७५ हजार बराबरको कारोबार भएको हो भने आज सार्वधिक कारोबार रकमको तेस्रो स्थानमा अरुण कावेली पावर रहेको छ । कम्पनीको आज ६० करोड ३४ लाख ३१ हजार बराबरको कारोबार भएको हो । यो दिन यस कम्पनीको सेयर मूल्यमा सकरात्क सर्किट लागेर कारोबार बन्द भएको थियो ।
२०७८ भदौ १ गते प्रकाशित

प्रकाशित समय : १०:१७ बजे