back

ङादी ग्रुप पावरको वार्षिक साधारणसभा मिति तय, कहिले हुँदै छ बुक क्लोज ?

काठमाडौँ । ङादी ग्रुप पावर लिमिटेडले कम्पनीको आठौँ वार्षिक साधारणसभा मिति तय भएको छ । कम्पनी सञ्चालक समितिको हिजो साउन ३२ गते बसेको बैठकले असोज ३ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।

सभा काठमाडौँको अनामनगरस्थित क्विन्स क्याफेमा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७७।८८ का लागि प्रस्तावित लाभांश कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार ६० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशतले हुन आउने ६२ लाख १ हजार १६१.०५ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

सभाले २० प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजी ७० करोड ६९ लाख ३२ हजार ३६० रुपैयाँबराबरको १ः२ प्रतिशत अर्थात २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

बोनस तथा हकप्रद सेयर जारीपश्चात पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदा भदौ १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ १७ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

२०७८ भदौ १ गते प्रकाशित


बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४५

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ बजेट निर्माण सम्बन्धमा...

भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

वि.सं.२०८१ चैत १३ बुधवार ११:३५

सुर्खेत । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी बबई डाइभर्सन...

कुलमानको वर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उदघोष

कुलमानको वर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उदघोष

वि.सं.२०८१ चैत १२ मंगलवार १५:३१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने...

यस्ता छन् प्रतिनिधिसभाले पारित गरेका आर्थिक सुधारसँग जोडिएका ३ विधेयक

यस्ता छन् प्रतिनिधिसभाले पारित गरेका आर्थिक सुधारसँग जोडिएका ३ विधेयक

वि.सं.२०८१ चैत ८ शुक्रवार ०८:४७

काठमाडौँ । आर्थिक विकास तथा लगानी विस्तारसँग जोडिएका विधेयकहरू प्रतिनिधिसभामा...

नेपालको व्यापार घाटा बढ्दो : ८ महिनामा निर्यात व्यापार १ खर्ब ५८ अर्ब पुग्यो

नेपालको व्यापार घाटा बढ्दो : ८ महिनामा निर्यात व्यापार १ खर्ब ५८ अर्ब पुग्यो

वि.सं.२०८१ चैत ७ बिहीवार १८:२९

काठमाडौं । पछिल्लो केही महिनादेखि सोयाविन तेल निर्यात ह्वात्तै बढ्दा...

अर्थ मन्त्रालयमा बैठक : नेपाल विकासशील राष्ट्र हुनका लागि तयारी सुरु

अर्थ मन्त्रालयमा बैठक : नेपाल विकासशील राष्ट्र हुनका लागि तयारी सुरु

वि.सं.२०८१ चैत ६ बुधवार १७:२३

काठमाडौं । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा...