नेप्सेका सिईओ साउदद्धारा सर्वाेत्तमको सेयर श्रीमतिको नाममा किनेर गल्ती गरेको स्वीकार
वि.सं.२०७८ साउन ३२ सोमवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको सेयर श्रीमतीको नाममा किनेकोमा गल्ती स्वीकार गरेका छन् । अर्थ समितिको बैठकमा उनले आफ्नो गल्ती स्वीकार गरेका हुन् ।
उनले कर्मचारीको नीयामावली अनुसार यस्तो कारोबार गर्दा केही फरक नपर्ने पाएपछि सेयर खरिद गरेपनि अहिले आएर आफूले गलत गरेको महसुश गरेको उनले बताएका हुन् ।
उनले भने ‘नेतृत्वमा बसेर सेयर कारोबार गर्दा ऐन नियम भन्दा बाहेक हाम्रो पछाडि समाज पनि छ कि भनेर ध्यान दिनुपर्ने रहेछ, गल्ती महशुस गरेको छु ।’
२०७८ साउन ३२ गते प्रकाशित
प्रकाशित समय : ०८:४८ बजे