back

सूचना लुकाईएको भन्दै मन्त्रालय विरुद्ध अदालत जाने तयारीमा

काठमाडौँ । बागमति प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सूचना माग गर्दा कुनै जावाफ नदिएको भन्दै युवा अधिकारकर्मी तथा सञ्चारकर्मी भिम बहादुर लामाले न्यायको लागि अदालतजाने तयारी गरेको बताएका छन् ।

बागमति प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय मातहतमा रहेकोयुवा परिषदकालागि उपाध्य क्षनियुक्ति गर्दा विधि र प्रक्रिया विपरीत भएको भन्दै अधिकारकर्मी लामाले आपत्तिजनाउँदै आएका छन् । नियुक्ति प्रक्रिया विधि, विधान र ऐनको मर्मविपरीत रहेको भन्दै गतअसार १० गते लामाले आवश्यक जानकारी तथा सूचना मागगर्दै आरटिआईको अभ्यासका लागि नेपालको संविधानको धारा २७तथा सूचनाहक सम्बन्धिऐन, २०६४ कोदफा ३ र ७ अनुसार सूचना तथा जानकारीको प्रमाणित प्रतिलिपिको माग गरेको बताएका छन् ।

कानुनको अभ्यास गर्दै सम्बन्धित निकायलाई सूचना माग गर्दा १५ दिन बिते पनि कुनै कारणसहित जावाफनपाएको र साउन १ गते इमेलमार्फत आएको प्रति जावाफमा भने मन्त्रालयले सूचना लुकाएको उनको आरोप छ । मन्त्रालयले सूचना लुकाएको भन्दै साउन ४ गते माग गरिएको सूचना उपलब्ध गराई पाऊ भनी पुनः सोही मन्त्रालयका कार्यालय प्रमुखलाई सम्बोधन गरेर निवेदन दिएपनि त्यसको कुनै प्रतिक्रिया नआएकोमा मन्त्रालयकै मिलोमतो रहेको आरोप लगाएको छ ।

सार्वजनिक प्रदेश युवा परिषद उपाध्यक्षमा नियुक्ति भएका सन्तोष चौलागाईले आवेदनमा पेश गरेका शैक्षिक योग्यताको विवरण, उनले तयार पारेको कार्ययोजना लगायतको सूचना तथा जानकारी मागगर्दा मन्त्रालयले दिन नमानेको लामाको भनाई छ । मन्त्रालयले उक्त मागबारे व्यवास्ता गर्दै सूचना लुकाउन खोजिएको,संविधान प्रदत्त नागरिकको अधिकार र कानुनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लंघन भन्दै आवश्यक छानविनको माग सहितकारवाहीको लागि रिट हाल्न लागिएको जनाएको छ ।

प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनाको पहुँचमाहुने सूचनाहक सम्बन्धि बनेको ऐन, २०६४ को दफा ३ मा उल्लेख भएतापनि मन्त्रालयले जावाफदेहीता नदेखाएको उनको आरोप छ । उनले मन्त्रालय समक्ष सात बुदाँ सहितको सूचना तथा जानकारी मागेका छन् । निवेदन मार्फत मागेका सूचना तथा जानकारीहरु यस प्रकार छन् ।
–प्रदेशयुवा परिषदका उपाध्यक्ष नियुक्ति लागि बनेका सिफारिस समितिको विवरण र जिम्मेवारी उल्लेख सहितपत्रको प्रतिलिपि
–नियुक्ति गरिएका सन्तोष चौलागाईले उपाध्यक्ष पदका लागि पेस गरिएको कार्ययोजना सहित सम्पूर्ण विवरणको प्रतिलिपि
–सिफारिस समितिको मूल्यांकनबाट नीज चौलागाईले प्राप्त गरेको अंकभार
–नियुक्ति सम्बन्धिबनेका परिषद ऐन विपरीत ६ जनालाई छनौट तथा अन्तर्वाताबारे जानकारी
–सिफारिसमा परेका ३ जनाको नामविवरण
–उपाध्यक्ष पदकालागि दिएको आवेदकहरुको नामविवरण
–बागमति प्रदेश युवा परिषद उपाध्यक्ष नियुक्ति सम्बन्धि मन्त्रीपरिषदबाट गरिएको निर्णयको प्रतिलिपि

बागमति प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत रहने गरी राष्ट्रिय युवा परिषद गठन ऐन तथा विद्येयक बनेको छ । ऐनमा उल्लेख भए अनुसार परिषद्को उपाध्यक्ष बन्न योग्यउम्मेद्वारका लागि गत वर्ष ०७७ को साउनमा सूचना सार्वजनिक गरिएको थियो । सोही सूचनाको आधारमा आफू योग्य ठानि आफ्नो अनुभाव सहित ३ हजार शब्दमायुवाको हित र नीति निर्माण तहमा युवाको सहभागीता गराउने गरी कार्ययोजना पेश गरेको उल्लेख गर्दै सिफारिस समितिको मूल्यांकनमा दोस्रो स्थानमा रहेतापनि छैठो स्थानमा रहेको व्यक्ति नियुक्ति गरेकोमा घोर आपत्ति जनाएको छ ।

मन्त्रालयका सचिवको अध्यक्षमा अन्य दुई जना विज्ञ रहेको सदस्यीय सिफारिस समिति गठन गरिएता पनि समितिले आवेदकहरुको मूल्यांकन गर्न १ वर्षसम्म अल्झाएर राखिएको र आवेदकमध्ये छनौटमा परेका ६ जनालाई गत जेठ २३ गते अन्र्तवार्ताका लागि हेटौडा बोलाएका थिए । तर कार्यविधिमा उल्लेख भएअनुसार ३ जनाको सिफारिस नै नगरी मुख्यमन्त्री डोरमणी पौडेलले आफु निकट तथा गृह जिल्लाकै चौलागाईलाई नियुक्ति गरेपछि विवादमा आएको छ ।

बागमति युवा परिषद् ऐनको परिच्छेद ४ अन्र्तगत (३) उपदफा (२) बमोजिम सिफारिस समितिले योग्यता पुगेका व्यक्तिहरुमध्ये तीन जनाको नाम सिफारिस गरेर एक जना नियुक्ति गरिने भनिए पनि परिषद ऐनको मर्म विपरीत उपाध्यक्ष नियुक्ति गरेको छ । उपाध्यक्ष पद लागियुवाकै क्षेत्रमा १० बर्षदेखि युवालाई सामाजिक रुपमा सशक्त बनाई निर्णयक सहितको नेतृत्वमा आउनुपर्ने माग राख्दै आएका युवा अभियन्ता तथा सञ्चारकर्मी भिम लामाले राजनीतिक भ्रममा परेर परिषदको मूलकानुनको मर्म विपरीत काम गरेको भन्दै नियुक्ति बदरको माग गरेका छन् ।

युवाको मुद्धलाई सम्बोधन गर्ने निकायलाई राजनीतिक भार्ती केन्द्र बनाउदै अलोकतान्त्रिक र विधि सम्बत नभएको उम्मेद्वारका प्रत्यासी लामाले बताए । आवेदन दिएका १६ उम्मेद्वार मध्ये ६ जनाअन्र्तवार्ताका लागि छनौटमा छैटो स्थानमा परेका चौलागाई कसरी सिफारिसमा प¥यो भन्ने प्रश्न गर्दै गलत तरिकाबाट उपाध्यक्ष नियुक्ति गर्नु गैरजिम्मेवारी र अनिमियताताको नजिर स्थापितहुनु हो – अभियन्तालामाले भने ।

विश्व सूचनाको भण्डार भईसकेको अवस्थामा मन्त्रालयले पनि सूचना लुकाउने र कार्यगत काममा ढिलासुस्ती भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराए ।
निकै लामो समयदेखि भ्रष्टाचार विरोधी गतिविधिमा तल्लिन लामा सूचनाहकको प्रवली करण मार्फत सुशासन र अनिमियतता रोक्न युवाको भूमिका रहेको भन्दै हरेक स्थानीय तहदेखि सूचनाहक सम्बन्धी अभियानपनि सञ्चालन गर्दै आएका छन् । आम युवालाई सूचनाबाट बञ्चित गराई टिके प्रथामार्फत परिषद्मा नियुक्ति गर्नु खेदजनक रहेको र निकट भविश्यमा आमयुवाको हितभन्दा राजनीतिक पार्टीकाभातृ संगठनको रजाई गर्ने थलोको रुपमा परिणत हुने माचिन्तव्यक्त गरेका छन् ।

युवा हेर्न मन्त्रालयका मन्त्री अध्यक्ष रहने गरी गठन भएको परिषदमा ४ वर्षको लागि कार्यकाल रहनेछ । हालप्रदेश स्तरीय सरकारमाभने सामाजिक विकास मन्त्रालयका मन्त्री अध्यक्ष रहने छ भने कार्यकारी रुपमा उपाध्यक्षले जिम्मेवारी पाउनेछ ।

२०७८ साउन ३२ गते प्रकाशित


बचत कसरी गर्ने ? (महत्वपूर्ण टिप्सहरु)

बचत कसरी गर्ने ? (महत्वपूर्ण टिप्सहरु)

वि.सं.२०८१ असोज २३ बुधवार १०:३२

काठमाडौं । कुनै चिज बस्तुमा गरिने खर्च कटौती गरेर सञ्चित...

मन्त्रिपरिषद्को बैठकद्वारा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

मन्त्रिपरिषद्को बैठकद्वारा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

वि.सं.२०८१ असोज २२ मंगलवार १५:०५

काठमाडौं । नेपालको अर्थतन्त्रलाई सही मार्गमा अघि बढाउन आवश्यक सुझाव...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष : १ अर्ब ५७ करोड भन्दा माथि जम्मा, कुन सस्थाले कति सहयोग गरे ?

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष : १ अर्ब ५७ करोड भन्दा माथि जम्मा, कुन सस्थाले कति सहयोग गरे ?

वि.सं.२०८१ असोज २२ मंगलवार १०:४२

काठमाडौं । गत असोज ११ गते र १२ गते देशभर...

नेपाल र बङ्गलादेश विद्युत् व्यापारसम्बन्धी ऐतिहासिक सहमतिपत्रमा हस्ताक्षर : अव नेपालले ‘बंगलादेश विद्युत निर्यात गरेर वार्षिक ९.२ मिलियन कमाउँछ

नेपाल र बङ्गलादेश विद्युत् व्यापारसम्बन्धी ऐतिहासिक सहमतिपत्रमा हस्ताक्षर : अव नेपालले ‘बंगलादेश विद्युत निर्यात गरेर वार्षिक ९.२ मिलियन कमाउँछ

वि.सं.२०८१ असोज १७ बिहीवार १७:४७

काठमाडौं । नेपाल र बंगलादेशबीच विद्युत निर्यातको लागि सम्झौता भएको...

नेपालको बिजुली पहिलोपटक बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गरिँदै, युनिटको साढे ९ रुपैयाँ

नेपालको बिजुली पहिलोपटक बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गरिँदै, युनिटको साढे ९ रुपैयाँ

वि.सं.२०८१ असोज १७ बिहीवार १०:४३

काठमाडौं । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश...

साढे १४ अर्बले घट्यो क्यास सर्कुलेशन, नगद मौज्दात २३६ अर्ब ९५ करोडपुग्यो

साढे १४ अर्बले घट्यो क्यास सर्कुलेशन, नगद मौज्दात २३६ अर्ब ९५ करोडपुग्यो

वि.सं.२०८१ असोज १५ मंगलवार १४:२०

काठमाडौं । एक महिनामा सरकारी खाताबाट ७५ अर्ब रुपैयाँ बढी...