back

सिन्धु विकास बैंकको नाफामा उछाल, अधिकांश सूचकमा चमक

काठमाडौँ । सिन्धु विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ करोड १८ लाख खुद नाफा आर्जन गरेको छ । आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ९१.३१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समिक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ करोड ८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष वितरणयोग्य मुनाफा ५ करोड ७ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि ९१।३१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म २ करोड ३८ लाख रुपैयाँ सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर ४ करोड ५५ लाख रुपैयाँ पुगेको छ।

चौथो त्रैमाससम्म बैंकले १६ करोड ९४ लाख रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १४ करोड ४३ लाख रुपैयाँमा सीमित थियो।

बैंकले ४ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको रिजर्भको आकार ५२.८३ प्रतिशतले बढेर ५ करोड ९० लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ३ करोड ८६ लाख रुपैयाँ रहेको थियो।

बैंकको खराब कर्जा (एनपीएल) ह्वात्तै बढेर ५.४८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.६३ प्रतिशतमा सीमित थियो। सीडी रेसियो ८५.५६ प्रतिशत रहेको बैंकको आधार दर ८.८६ प्रतिशत रहेको छ।

वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ५.७२ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ७०.१० गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ ११४.३२ रुपैयाँ रहेको छ।

२०७८ साउन ३२ गते प्रकाशित


आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १८:४२

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र...

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता: कुवेतबाट नेपाल पैसा पठाउन सहज

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता: कुवेतबाट नेपाल पैसा पठाउन सहज

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:३८

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१ प्रतिशत बढ्यो

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१ प्रतिशत बढ्यो

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १२:१६

सूर्यज्योति लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २९...

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा बैशाख ३० देखि आवेदन दिन सकिने

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा बैशाख ३० देखि आवेदन दिन सकिने

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १२:०८

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख ३० गतेदेखि हकप्रद...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:४८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आज वैशाख १२ गते...

आजबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

आजबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:२७

काठमाडौं । आज संघीय संसद् अन्तर्गत दुवै सदनको अधिवेशन सुरु...