back

नेको इन्सुरेन्सको नाफा ५४ करोड, खुद बीमा शुल्क २८.५३ प्रतिशतले बढ्यो 

काठमाडौँ । नेको इन्सुरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५४ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीको यो नाफा गत आर्थिक वर्षको तुलनामा १५.४९ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो वर्षको समिक्षा अवधिमा ४६ करोड ८० लाख रुपैयाँ नाफा गरेको थियो ।

त्यस्तै नेको इन्सुरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ६३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.५३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले बीमा शुल्क आर्जन १ अर्ब २७ करोड रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिसम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत १५ करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आय १२ करोड ८७ ला रुपैयाँमात्र थियो। पुनर्बीमा कमिसन आय भने २५ करोड २० लाख रुपैयाँबाट घटेर २० करोड ३० लाख रुपैयाँमा सीमित बनेको छ।
यो अवधिमा कम्पनीले ६२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले ४९ करोड ३० लाख करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो। खुद दाबी भुक्तानी २५.७७ प्रतिशतले बढेको छ।

कम्पनीको व्यवस्थापन खर्च ४.३५ प्रतिशतले वृद्धि भएर ३४ करोड ४५ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष व्यवस्थापन खर्च ३३ करोड १ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ३१.९१ प्रतिशतले बढेर १ अर्ब ११ करोड रुपैयाँको भएको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा ८४ करोड ७० लाख रुपैयाँ रहेको थियो। ४१ करोड ९९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा तथा कोषको आकार ६६.८२ प्रतिशतले बढेर ७० करोड ५ लाख रुपैयाँमा सीमित बनेको छ।

समीक्षा अवधिसम्म कम्पनीको जारी बीमालेखको संख्या ३ लाख २ हजार ७१२ रहेको छ। अघिल्लो वर्ष जारी बीमालेखको संख्या २ लाख ४८ हजार २०६ रहेको थियो।

चुक्तापुँजी १ अर्ब ३१ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४१.०४ रुपैयाँ, पीई अनुपात ३२.८५ गुणा र प्रतिसेयर नेटवर्थ २४३.३४ रुपैयाँ रहेको छ।

२०७८ साउन ३२ गते प्रकाशित


‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

वि.सं.२०८२ असार १ आइतवार १७:३९

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७...

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ जेठ ३० शुक्रवार १९:४३

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले  सरकारले...

राजनीतिज्ञ भन्दा उपभोक्तालाई खुसी पार्ने बजेट आएको छ : उपाध्यक्ष अधिकारी

राजनीतिज्ञ भन्दा उपभोक्तालाई खुसी पार्ने बजेट आएको छ : उपाध्यक्ष अधिकारी

वि.सं.२०८२ जेठ २८ बुधवार २१:२२

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले अहिलेको...

अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्री पौडेलको निर्देशन

अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्री पौडेलको निर्देशन

वि.सं.२०८२ जेठ २८ बुधवार १८:०४

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण...