back

साउन १ गतेदेखि लागु हुनेगरी शिक्षकको नयाँ तलबमान, कुन तहको कति ?

काठमाडौँ । चालु आर्थिक वर्ष अर्थात साउन १ गते देखि शिक्षकको नयाँ तलबमान लागू हुने भएको छ । सरकारले चालु महिनाको १ गतेदेखि लागू हुने गरी विद्यालयका शिक्षकहरुको नयाँ तलबमान लागू गरेको हो।

अर्थ मन्त्रालयले स्वीकृति दिएसँगै चालु महिनादेखि नै शिक्षकहरुको नयाँ तलबमान कार्यान्वयनमा आएको छ ।
नयाँ तलबमान अनुसार सरकारले माध्यमिक शिक्षकहरुलाई ३ तह, निम्न माध्यमक शिक्षकहरुलाई ३ तह र प्राथमिक शिक्षकलाई ५ तहमा विभाजन गरी नयाँ तलबमान लागू गरेको छ। जसअनुसार माध्यमिक शिक्षक प्रथम श्रेणीको सुरुको तलब स्केल ४९ हजार ३८० रुपैयाँ छ। छैटौँ ग्रेडको प्रतिग्रेड दर १ हजार ६४६ रुपैयाँ थप हुँदा ५९ हजार २५६ रुपैयाँ मासिक तलब पुगेको छ।

यसैगरी माध्यमिक शिक्षक द्वितीय श्रेणीको सुरु तलब स्केल ४२ हजार ३८० कायम रहेकोमा प्रतिग्रेड संख्या १ हजार ४१३ रुपैयाँले आठौँ ग्रेडका शिक्षकको तलब ५३ हजार ६८४ रुपैयाँ पुगेको छ। माध्यमिक शिक्षक तेस्रो श्रेणीको सुरुको तल स्केल ३७ हजार ९९० कायम रहेकोमा ८ औँ ग्रेड शिक्षकको प्रतिग्रेड १ हजार २६७ रुपैयाँ थप भएर ४८ हजार १२६ रुपैयाँ पुगेको छ।

यसैगरी निम्न माध्यमिकतर्फ प्रथम श्रेणीका आठौँ ग्रेडका शिक्षकको सुरुको तलबमान ३९ हजार ८ ८० रुपैयाँ रहेको छ। प्रतिग्रेड १ हजार ३३० रुपैयाँ थपसहित प्रतिमहिना ५० हजार ५२० रुपैयाँ पुगेको छ।

निम्न माध्यमिक दोस्रो श्रेणीका ८ औँ ग्रेड शिक्षकको सुरुको तलब ३७ हजार ९९० रुपैयाँ रहेको छ। प्रतिग्रेड १ हजार २६७ रुपैयाँ थप हुँदा मासिक तलब ४८ हजार १२६ रुपैयाँ पुगेको छ। यस्तै तृतीय श्रेणीको निम्न माध्यमक शिक्षकको सुरुको तलब ३० हजार २ ०० रुपैयाँ रहेकोमा प्रतिग्रेड १ हजार ७ रुपैयाँ जोड्दा ३८ हजार २५६ रुपैयाँ पुगेको छ।

उता प्राथमिक तहका शिक्षकतर्फ एसएलसी उतीर्ण प्रथम श्रेणीका आठौँ तहका शिक्षकको सुरुको तलबमान ३७ हजार ९९० रुपैयाँ पुगेको छ भने प्रतिग्रेड १ हजार २६७ रुपैयाँ थप गर्दा ४८ हजार १२६ रुपैयाँ पुगेको छ।

एसएलसी उत्तीर्ण गरेका द्वितीय श्रेणीका प्रावि शिक्षकको सुरु तलब ३० हजार २०० पुगेको छ भने प्रतिग्रेड १ हजार ७ रुपैयाँ गरी कुल मासिक ३८ हजार २५६ रुपैयाँ पुगेको छ।

त्यस्तै एसएलसी उत्तीर्ण तृतीय श्रेणीको छैटौँ तहका शिक्षकको सुरु तलब २८ हजार ६१० मा प्रतिग्रेड ९५४ रुपैयाँ थपिँदा मासिक तलब ३४ हजार ३३४ रुपैयाँ पुगेको छ। दुई विषयसम्म एसएलसी अनुत्तीर्ण छैटौँ तहका शिक्षकको सुरुको तलब २४ हजार १० रुपैयाँमा प्रतिग्रेड ८०१ रुपैयाँ थपिँदा २८ हजार ८१६ रुपैयाँ पुगेको छ। दुई विषयभन्दा बढी एसएलसी अनुत्तीर्ण छैटौँ तहका शिक्षकको सुरुको तलबमान २२ हजार ६८० मा प्रतिग्रेड ७५६ थपिँदा २७ हजार २१६ रुपैयाँ पुगेको छ।

२०७८ साउन २८ गते प्रकाशित


वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वि.सं.२०८२ वैशाख १४ आइतवार १७:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायमुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले...

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १८:४२

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र...

आजबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

आजबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:२७

काठमाडौं । आज संघीय संसद् अन्तर्गत दुवै सदनको अधिवेशन सुरु...

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पूँजीगत बजेट कार्यान्वनको...

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:०४

काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन...

नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्यो : अध्यक्ष अग्रवाल

नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्यो : अध्यक्ष अग्रवाल

वि.सं.२०८२ वैशाख ४ बिहीवार २१:३५

काठमाडौं । उद्योगीहरुले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन् ।...