back

महालक्ष्मी लाइफले ल्यायो ‘महालक्ष्मी बाल बचत बीमा’ योजना, यस्ता छन् सुविधा

काठमाडौँ । महालक्ष्मी लाइफले “महालक्ष्मी बाल बचत बीमा” योजना सार्वजनीक गरेको छ । इन्स्योरेन्सले बुधबार एक समारोहका बीच यो योजना सार्वजनिक गरेको हो।

प्रत्येक आमाबाबुले आफ्नो बच्चाको उज्ज्वल भविष्यका लागि आजको बचतबाट भविष्यको सपना साकार पार्ने राख्ने इच्छालाई मध्यनजर गर्दै यस्तो योजना सार्वजनीक गरेको इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले यो बीमा योजना बिक्रीवितरणका लागि सुरु गरेका हुन्। यस बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधासमेत रहेको कम्पनीले जनाएको छ।

बच्चा जन्मेको १ महिनादेखि बच्चा १८ वर्ष नपुगुन्जेल यस बीमा योजना लिन सकिन्छ भने बीमा अवधिको छनोट बच्चा १८ वर्ष पुगेपछि ३५ वर्ष नपुग्दासम्मको अवधि राखी ५ देखि २५ वर्षका लागि गर्न सकिन्छ। यसका साथै बच्चा बालिग भइसकेपछि बीमालेखको अख्तियार पूर्ण रुपमा हस्तान्तरण हुनेछ।

यस योजनाअन्तर्गत बीमा अवधि समाप्तिमा बच्चाको भविष्य निर्माणको लागि बीमांक रकम र आर्जित बोनस रकम प्रदान गरिनेछ। कुनै कारणवश बीमा चालु अवस्थामा बीमितको मृत्यु भएमा तत्कालै २५ प्रतिशत बीमांक रकम भुक्तानी दिइने र बाँकी ७५ प्रतिशत बीमांक रकम, आर्जित बोनस र ब्याज बीमा अवधि समाप्तिमा प्रदान गरिने गरी थप सुविधा यस योजनामा समावेश गरिएको छ।
२०७८ साउन २८ गते प्रकाशित


बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

वि.सं.२०८२ असार ५ बिहीवार २०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता...

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

वि.सं.२०८२ असार ५ बिहीवार २०:१०

काठमाडाैं । असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...