back

गरिमा विकास बैंकको नाफामा करिब ५० प्रतिसतको बढोत्तरी, कमायो २५ करोड

काठमाडौँ । गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक सम्ममा करिब ५० प्रतिशतले नाफा बढाउन सफल भएको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै २५ करोड रुपैयाँ बढी खुद नाफा बढाएको छ ।

अघिल्लो आवको समिक्षा अवधिमा ५७ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको यस बैंकले गत आर्थिक वर्षमा ८२ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको हो । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.९६ प्रतिशत बढी हो।

यसरी नै अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ६० करोड ५७ लाख रुपैयाँ रहेको छ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ६७ करोड ५९ लाख रुपैयाँ रहेको छ । यता वार्षिक प्रतिशेयर आम्दानी २२.४५ रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा एक अर्ब बढी र शेयरधनी कोषमा ६१ करोड रुपैयाँ सञ्चित रहेको छ ।

असार मसान्तसम्ममा बैंकले ६३ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ८० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट बैंकले १ अर्ब ९३ करोड खुद ब्याज आम्दानी र एक अर्ब १६ करोड सञ्चालन नाफा आर्जन गरेको छ । बैंकको निक्षेप ५०।६० प्रतिशत र कर्जा ४८।६० प्रतिशतले बढेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.३७ प्रतिशत र सञ्चालन नाफा ४३.८४ प्रतिशतले बढेको हो । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ३८.३७ प्रतिशत बढेको छ।

यस अवधिमा बैंकको पूँजीकोष ११.४२ प्रतिशत, खराब कर्जा अनुपात ०।७२ प्रतिशत, कोषको लागत ६.१७ प्रतिशत, आधार ब्याजदर ८.१७ प्रतिशत, स्पेडदर ४.५ प्रतिशत, प्रतिशेयर नेटवर्थ १४४.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४.२३ गुणा रहेको छ।
२०७८ साउन २८ गते प्रकाशित


तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

वि.सं.२०८२ वैशाख ११ बिहीवार १३:५३

काठमाडौ। नेपाल राष्ट्र बैंकले पाँच वित्तीय कम्पनीलाई कारवाही गरेको छ...

नेको इन्स्योरेन्सको लाभांश घोषणा : बोनस र नगद कति ?

नेको इन्स्योरेन्सको लाभांश घोषणा : बोनस र नगद कति ?

वि.सं.२०८२ वैशाख ११ बिहीवार १२:२८

नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने...

महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक

महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक

वि.सं.२०८२ वैशाख १० बुधवार १५:११

काठमाडौँ । महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१/८२ को तेस्रो...

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

वि.सं.२०८२ वैशाख ९ मंगलवार १७:३८

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक...

कर्जाको ब्याज साढे २६ प्रतिशतले घट्यो, कुन बैंकबाट ऋण लिँदा सस्तो पर्छ  ?

कर्जाको ब्याज साढे २६ प्रतिशतले घट्यो, कुन बैंकबाट ऋण लिँदा सस्तो पर्छ  ?

वि.सं.२०८२ वैशाख ९ मंगलवार १२:२९

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा कर्जाको ब्याज साढे २६...

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पूँजीगत बजेट कार्यान्वनको...