कारोबार सुरु भएको एक घण्टा नवित्दै यी ३ कम्पनीको सेयर मूल्यमा सर्किट
वि.सं.२०७८ साउन २८ बिहीवार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज कारोबार सुरु भएको एक घण्टा नवित्दै ती कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
यतिवेला सम्ममा रुरु जलविद्युत परियोजना, जीवन विकास लघुवित्त वित्तीय संस्था र यूनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट लागेको हो ।
आज रुरुको सेयर मूल्य एक सय एक्काईस, दुई हजार बीस र यूनियन लाईफको सत्तेरी रुपैयाँले बढेको छ । यो सँगै रुरुको प्रतिसेयर मूल्य १ हजार ३ सय ३१, जीवन विकासको २ हजार ४ सय २५ र यूनियन लाइफ इन्स्योरेन्सको ७ सय ७७ रुपैया पुगेको छ ।
यो दिन कारोबारको पहिलो घण्टामा नेप्से १२.४१ अंकले बढेर ३१७५.०१ को बिन्दूमा पुगेको छ । यस्तै यतिबेलासम्म २२१ कम्पनीको ७५ लाख ४८ हजार ९ कित्ता बराबर सेयर किनबेच हुँदा ४ अर्ब २७ करोड १५ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
२०७८ साउन २८ गते प्रकाशित
प्रकाशित समय : ०६:२२ बजे