back

काठमाडौं महानगरले जथाभावी सवारी साधन रोक्नेदेखि बिरुवाका हाँगा भाच्ने सबैलाई जरिवाना गर्ने

काठमाडौं । काठमाडौं महानगरले जथाभावी सवारी साधन रोक्नेदेखि बिरुवाका हाँगा भाच्नेलाई कारवाही स्वरुप जरिवाना गर्ने भएको छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ को व्यवस्थाअनुसार काठमाडौं महानगरपालिकाले आर्थिक ऐन २०७८ जारी गर्दै कारवाही गर्ने ्जनाएको हो ।
महानगरले अनाधिकृत स्थलमा सवारी साधन पार्किङ गरेको पाइएमा मोटरसाइकललाई १ हजार र तीन पाङग्रे सवारी साधनलाई २ हजार रुपैयाँ जरिवाना गर्ने भएको छ । त्यसैगरि, १ हजार सीसीसम्मको सवारी साधनको २ हजार ५ सय, १ हजार सीसीदेखि १५०० सीसीसम्मका लागि ५ हजार, १५०० देखि २२०० सीसीसम्मका साधनका लागि ७ हजार र २२०० सीसीभन्दा माथिका सबै सवारी साधनलाई १० हजार जरिवाना गर्ने भएको छ ।

सार्वजनिक सवारी साधन बिसौनी बाहेकका स्थानबाट यात्रु ओराल्ने वा चढाउने गरेमा र चालक तथा सहचालकले तोकिएको पोसाक नलगाएमा १००/१०० रुपैयाँ जरिवाना गर्नेछ ।

पिक एण्ड ड्रप पद्धति लागु भएका स्थानमा तोकिएको बाहेक सवारी साधनले यात्रु ओराल्ने वा चढाउने गरेमा ४ सय रुपैयाँ जरिवाना लाग्ने ।
महानगरले आर्थिक वर्ष २०७८/०७९ को अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयनको लागि स्थानीय कर, शुल्क, दस्तुर र जरिवाना संकलन गर्न, छुट दिन तथा अन्य आयय संकलनको प्रशासनिक व्यवस्था गर्न उक्त ऐन जारी गरेको हो ।

महानगरले रुख बिरुवाको हाँगा भाँच्ने वा काट्ने तथा फुल टिप्ने वा पात चुँड्नेलाई १ हजार रुपैयाँ जरिवाना गर्ने भएको हो । उक्त ऐन साउन १ गतेदेखि लागु भइसकेको छ ।

२०७८ साउन २६ गते प्रकाशित

 


यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

वि.सं.२०८१ माघ २५ शुक्रवार १६:४८

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष...

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

वि.सं.२०८१ माघ २० आइतवार १२:२२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार चीनबाट आयात हुने...

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ २० आइतवार ११:५६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा...

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:४२

काठमाडौं । अमेरिकाको राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले एकपछि अर्को ठूला...

करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन : अर्थमन्त्री पौडेल

करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:०६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कर र राजस्वको क्षेत्रमा आवश्यकता...

सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्न कानून निर्माण भएका छन् : अर्थमन्त्री पौडेल

सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्न कानून निर्माण भएका छन् : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ १४ सोमवार १३:०९

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्नको...