चन्द्रागिरी हिल्सको नोक्सान २५ करोड ३८ लाख बढी
वि.सं.२०७८ साउन २५ सोमवार
काठमाडौँ। चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार हिल्सको सञ्चालन आन्दानी र खुद नाफा दुवै घटेको छ । समिक्षा अवधिमा कम्पनीको नोक्सान २५ करोड ३८ लाख ४२ हजार पुगेको छ जुन अघिल्लो आर्थिक वर्ष १० करोड ६६ लाख घाटारहेकोमा हाल बढेर २५ करोड पुगेको छ ।
यस्तै, कम्पनिको समीक्षा सञ्चालन आम्दानी ४१ करोड ३० लाख रुपैयाँबाट घटेर २२ करोड १५ लाख रुपैयाँ पुगेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले बन्दाबन्दी गरेसंगै कम्पनिका सञ्चालन आम्दानी घट्न गई खुद नोक्सानी १५ करोडले बढेको कम्पनिले जानकारी दिएको छ ।
२०७८ साउन २५ गते प्रकाशित
प्रकाशित समय : ०५:२१ बजे