back

सिनर्जी पावर डेभलपमेन्टले राख्यो लाभांश र हकप्रद जारी गर्ने प्रस्ताव

काठमाडौँ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले लाभांश र हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ।
कम्पनीले हकप्रद जारी गर्ने प्रस्तावका साथसाथै १०.५२६३ प्रतिशत लाभांश वितरणको लाभांशको प्रस्ताव गरेको हो । कम्पनीका अनुसार हाल कायम चुक्तापुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४.७५ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।
कम्पनी सञ्चालक समितिको हिजो बसेको बैठकले गत आर्थिक वर्ष २०७७–७८ सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने र हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

कम्पनीले बोनस सेयर जारीपछि कायम हुने चुक्तापुँजीको २ः१ अर्थात ५० प्रतिशत हकप्रद जारी गर्ने गरी आगामी वार्षिक साधराणसभाबाट अनुमोदन गर्न प्रस्ताव पेस गर्ने निर्णय पनि गरेको छ।
२०७८ साउन २५ गते प्रकाशित


नेपाल धितोपत्र बोर्डबाट लिवर्टी इनर्जीले पायो हकप्रद बिक्री गर्ने अनुमति

नेपाल धितोपत्र बोर्डबाट लिवर्टी इनर्जीले पायो हकप्रद बिक्री गर्ने अनुमति

वि.सं.२०८१ असोज २९ मंगलवार १२:२८

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट लिवर्टी इनर्जी कम्पनी लिमिटेडले ५०...

आज रुरु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज रुरु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

वि.सं.२०८१ असोज २९ मंगलवार १२:१०

काठमाडौं । आज रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने ...

आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८१ असोज २९ मंगलवार ०९:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

केवाईसी भनेको के हो ? अप्डेट गर्न कतिको आवश्यक छ ?

केवाईसी भनेको के हो ? अप्डेट गर्न कतिको आवश्यक छ ?

वि.सं.२०८१ असोज २९ मंगलवार ०९:२७

काठमाडौं ।ग्राहक पहिचानका लागि भरिने फारम नै केवाईसी फारम हो...

विद्युतीय कारोबारमा हुने ठगीबाट कसरी जोगिने ?

विद्युतीय कारोबारमा हुने ठगीबाट कसरी जोगिने ?

वि.सं.२०८१ असोज २७ आइतवार १०:१२

काठमाडौं । विद्युतीय माध्यमबाट ठगीका घटना बढेको भन्दै सचेत रहन...

बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

वि.सं.२०८१ असोज २५ शुक्रवार १०:०८

काठमाडौं । बैंक भनेको वित्तीय कारोवार गर्ने इजाजतपत्रप्राप्त संस्था हो...