नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि बनाईएको विनियमावली अर्थमन्त्रालय पुग्यो

वि.सं.२०७८ साउन २४ आइतवार

काठमाडौँ । नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि नियमावली तयार भएको छ । नेपाल धितोपत्र बोर्डले नियमावली तयार गरेर अर्थ मन्त्रालय पठाएको जनाएको हो ।
लामो समयदेखि बैंकका सहायक कम्पनीहरु तथा ब्रोकरका शाखा विस्तार गर्नुपर्ने आवाज लामो समयदेखि दवाव पूर्णरुपमा उठिरहेको बेला बोर्डले माग सम्बोधन गर्दै काम अगाडी बढाएको हो ।
बार्ड स्रोतका अनुसार नियमावली मन्त्रालयमा पठाईसकेको छ, बोर्डबाट जति छिटो उक्त जति छिटो अर्थ मन्त्रालयबाट स्वीकृति हुन्छ त्यति नै छिटो नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया अगाडि बढ्ने छ ।
स्रोतका अनुसार अब ब्रोकर लाइसेन्स पाउन पुँजीगत क्षमता बलियो हुनुपर्ने छ । अर्थात संस्थाको न्यूनतम १० करोड रुपैयाँ पुँजी हुनुपर्ने छ । साथै ब्रोकरहरुका कार्य क्षेत्र र कार्यढाँचाहरु समेत बढ्नेछ । साथै अव ब्रोकर कम्पनीहरु अत्याधुनिक सिस्टमयुक्त हुनेछन् ।
यस्तै गरी नयाँ ब्रोकरका लागि हालको टीएमएस सिस्टमले पनि काम गर्ने छैन अर्थात विश्व बजारमा चलेका सुविधासम्पन्न सिस्टम ल्याउनुपर्ने बोर्डले जनाएको छ । जसमा लगानीकर्ताले लगानी व्यवस्थापनदेखि आफ्नो पोर्टफोलियो आफैँ व्यवस्थापन गर्नसक्ने, प्राविधिक विश्लेषण पनि गर्न सक्नेजस्ता सबै सुविधा एउटै सिस्टममा भएको टीएमएस ब्रोकरले ल्याउनुपर्ने छ
यसका लागि ब्रोकरले इच्छाएमा आईपीओ पनि जारी गर्न सक्नेछन् ।
२०७८ साउन २४ गते प्रकाशित

प्रकाशित समय : १२:२० बजे