back

नेपाल रेडक्रस र कोका–कोला फाउन्डेशनले संयुक्त रुपमा स्वास्थ्य क्षेत्र र खोप पुर्याउने अभियानमा सामेल

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कोका –कोला फाउन्डेशनको साथमा कोभिड–१९ महामारीको बेला बिरामीहरुलाई सहयोग गर्ने फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र स्वयंसेवकहरुको सुरक्षा बढाउनको लागी साझेदारी गरेको छ ।

यो साझेदारीको उद्देश्य नेरेसोका स्वयंसेवकहरुलाई नेपाल सरकारको नेतृत्वमा रहेको खोप केन्द्रहरुमा परिचालन गर्नु र शारीरिक रुपमा अपाँगता भएका व्यक्तिहरुलाई खोप लगाउनको लागी यातायात सुविधा प्रदान गर्नु हो ।

यस सन्दर्भमा, श्रावण २१ गते महाराजगञ्जको शिक्षण अस्पतालमा हस्तान्तरण समारोह आयोजित गरिएको थियो जहाँ नेरेसो स्वास्थ्य सेवा विभागका निर्देशक डा मनिता राजकर्णीकर र कोका–कोला नेपालका प्रतिनिधिहरुले शिक्षण अस्पतालका डा रमेश महारनांकलाई सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन् ।

साझेदारी परियोजनाकोे रूपमा शिक्षण अस्पताल, बलम्बुको सशस्त्र बल, पाटन अस्पताल, जनमैत्री अस्पताल र नेपाल मेडिकल एसोसिएशनका स्वास्थ्य पेशेवरहरुलाई व्यक्तिगत सुरक्षा सामानहरु वितरण गरीएको छ । वितरणमा १२,५०० सर्जिकल मास्क, ५००० जोडी पन्जा, र ९६० सेनिटाइजर बोतल सामेल छन् ।

यसबाहेक, संयुक्त पहलमा नेपाल भरका १० जिल्लाहरुमा गरीएको छ जहाँ ३१,००० भन्दा बढी लाभार्थीहरु नेपाल सरकारद्वारा संचालित खोप केन्द्रहरुबाट पुगिसकेका छन् । यो अभियान मुख्यतः काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र बागमती प्रदेशको धादिङ जिल्लामा साथै कास्की, तनहुँ, गोरखा, लमजुंग, र गण्डकी प्रदेशको पूर्वी नवलपरासी जिल्लाहरुमा गरीएको छ ।

नेपाल रेडक्रसका रक्त सञ्चार सेवाका प्राविधिकहरु, स्वास्थ्यकर्मीहरु, र एम्बुलेन्सहरु पनि सहयोगी सामग्री प्राप्त गर्ने लाभार्थीहरुको हिस्सा भएका छन् । “नेपाल रेडक्रस र दी कोकाकोला फाउण्डेशनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने र अग्रपंतिमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको संरक्षण गर्न र “स्टप द स्प्रेड” अभियानलाई मुर्तरुप दिने एउटा प्रयास हो । ” नेपाल रेडक्रस स्वास्थ्य सेवा बिभागका निर्देशक डा मनिता राजकर्णिकारले भने ।

नेरेसो संगको सहकार्य कोका–कोलाको “स्टप द स्प्रेड” अभियानको एक हिस्सा हो । नेपालमा कोभिड— १९ को फैलावट रोक्न मद्दत पुर्याउन, भ्याक्सिनेसनको सुविधा उपलब्ध गराउन, सुरक्षा सामग्री प्रदान गर्न र जागरुकता कार्यव्रmमहरु निर्माण गर्न नेपाली रु २।४ करोडको प्रारम्भिक योगदानको सहयोग गरिदै यस क्यामपियनलाई वर्षको सुरुमा घोषणा गरिएको थियो ।

२०७८ साउन २४ गते प्रकाशित


विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले...

आर्थिक सुधारलाई उच्च महत्व : अर्थमन्त्री पौडेल

आर्थिक सुधारलाई उच्च महत्व : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ वैशाख ३० मंगलवार १२:२१

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक...