back

प्रभु बैंकले सुरु गर्यो मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने व्यवस्था

काठमाडौँ । प्रभु बैंकले नगद जम्मा गर्नका लागि बैंकको नगद काउन्टरमै भौतिक रुपमा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै अब मेसिन क्यास रिसाइकल मेसिन (सीआरएम) बाट खातामा रकम जम्मा गर्न सकिने व्यावस्था गरेको छ । बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै आफूले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सीआरएम सुविधा आज (शुक्रबार) बाट औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो ।

मेसिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालका लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ। यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंकको योजना रहेको छ।

मेसिनबाट बैंक खाताा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेसिनमा गई आफूले रकम जम्मा गर्न चाहेको बैंक खाता नम्बर टाइप गर्ना साथै उक्त मेसिनमा रकम जम्मा – राख्ने बक्स खुल्छ। उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखेपछि तत्कालै (रियल टाइम) उल्लेखित खातामा रकम जम्मा हुन्छ र सोको रिसिप्ट÷भौचर प्रिन्ट हुन्छ।
यसका साथै उक्त मेसिनबाट डेबिट÷क्रेडिट कार्डको माध्यमबाट समेत आफूले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधासमेत रहेको छ। प्रभु बैंकबाट सञ्चालनमा ल्याइएको मेसिनबाट रकम जम्मा गर्ने सुविधा हाललाई प्रभु बैंकमा खाता हुने ग्राहकका लागि मात्र उपलब्ध हुनेछ।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँग आवश्यक सहकार्य गरी प्रभु बैंकबाहेक अन्य बैंकमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यवस्था मिलाइनेछ।

प्रभु बैंकले औपचारिक रुपमा आजदेखि सञ्चालनमा ल्याएको मेसिनबाट बैंक खातामा रकम जम्मा गर्न मिल्ने सुविधा उपभोग गरी रकम जम्मा गर्नका लागि बैंकको नगद काउन्टरमै जानुपर्ने बाध्यता हट्नेछ। यसबाट ग्राहकको समयको बचत हुनेछ, बैंकको नगद काउण्टरमा उपस्थित भई अनावश्यक भीडभाडबाट उन्मुक्ति मिल्ने हुँदा प्रभु बैंकका सम्पूर्ण ग्राहकले यो नवीनतम सेवा उपभोग गरी लाभा लिने बैंकले विस्वास गरेको छ ।

२०७८ साउन २२ गते प्रकाशित


मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

वि.सं.२०८१ चैत १ शुक्रवार १४:४२

काठमाडौं । विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव...

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

वि.सं.२०८१ चैत १ शुक्रवार ११:१९

जनकपुर । जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको...

नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय थप

नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय थप

वि.सं.२०८१ फागुन २८ बुधवार ११:०७

काठमाडौं। नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि निष्काशन तथा...

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

वि.सं.२०८१ फागुन २८ बुधवार ०९:४०

विराटनगर। जग्गासम्बन्धी किर्ते कार्यमा एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालको...

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

वि.सं.२०८१ फागुन २७ मंगलवार २२:२६

काठमाडौं । सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई...

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ फागुन २७ मंगलवार २२:१९

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१ औं वार्षिक साधारणसभा सम्पन्न...