दश गतेदेखि नविल बैंकको ८ प्रतिशत ब्याजदरयुक्त ऋणपत्र बिक्रि खुला
वि.सं.२०७८ साउन ३ आइतवार
काठमाडौँ । नबिल बैंकले यहि साउन १० गतेदेखि ऋणपत्र जारी गर्न लागेको छ । बैंकले वार्षिक ८ प्रतिशत ब्याजदर दिने गरी ७ वर्ष अवधिको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्र निष्काशन गर्न लगेको हो ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको दरले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । ३ अर्ब रुपैयाँ बराबरको उक्त ऋणपत्रमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने बाँकी रहने १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता बैंकले व्यक्तिगत बिक्री गर्ने छ ।
सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको बैंकले जनाएको छ ।
इच्छुक लगानिकर्ताले ऋणपत्र खरिदका लागि छिटोमा साउन १३ गतेसम्ममा आवेदन दिन सक्ने छन । भने आवेदन नपरेमा निष्काशन अवधि २४ गतेसम्म थप हुने छ ।
ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालयहरुबा ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन ।
२०७८ साउत ३ गते प्रकाशित
प्रकाशित समय : ०४:४२ बजे