back
skip this gaugauma singhadarbar

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड, २७ सयको आवेदन रद्द

काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बिहान बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको काठमाण्डौ नक्सालस्थित नागपोखरीको कार्यालयमा बिहान ९ः३० बजे बाँडफाँड भएको हो ।

मनकामना स्मार्ट लघुवित्तले गत असार १७ गतेदेखि असार २१ गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा ०.५ प्रतिशत सेयर कर्मचारीहरुलाई र कुल निष्कासनको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। बाँकी ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।
एनएमबि क्यापिटलका अनुसार यो आईपीओमा कुल १९ लाख ५४ हजार २७४ आवेदकबाट २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि खरिद आवेदन परेको छ। तीमध्ये ३२ हजार ८५९ आवेदकबाट परेको ४ लाख ३० हजार ७१० कित्तालाई शंकास्पद भनिएको छ। ती शंकास्पदमध्ये २ हजार ७५३ आवेदकबाट परेको ३७ हजार ९२० कित्तालाई बदर गरिएको छ।

क्यापिटलका अनुसार १९ लाख ५१ हजार ५२१ आवेदकबाट परेका कुल २ करोड ५० लाख ९५ हजार ३७० कित्ता सदर भएका छन्। मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार ३६ हजार ३४९ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। तीमध्ये १० कित्ताभन्दा बढी आवेदनमध्येबाट गोलाप्रथाबाट भाग्यमानी २ दुईजनाले थप १/१ कित्ता सेयर पाएका छन्।

यो आईपीओ अन्तिम नतिजा केही घन्टापछि सार्वजनिक गरिने एनएमबि क्यापिटलले जनाएको छ। आईपीओ अन्तिम नतिजा सीडीएससीको https://iporesult.cdsc.com.np/ मा, एनएमबि क्यापिटल र सम्बन्धित आईपीओ निष्कासनकर्ता मनकामना स्मार्ट लघुवित्तको वेबसाइटमा हेर्न सकिनेछ।

२०७८ असार २८ गते प्रकाशित

nactional life -asoj
gaugauma singhadarbar

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, सरकारको आम्दानी भन्दा खर्च धेरै

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, सरकारको आम्दानी भन्दा खर्च धेरै

वि.सं.२०८२ कात्तिक २० बिहीवार १४:५०

काठमाडौं । लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल बन्दै गएको छ...

कर्जाको माग निरन्तर घट्दो : बैंक तथा वित्तीय संस्थामा कति छ पैसा  ?

कर्जाको माग निरन्तर घट्दो : बैंक तथा वित्तीय संस्थामा कति छ पैसा  ?

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:०७

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब...

चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौताको पहिलो किस्ता

चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौताको पहिलो किस्ता

वि.सं.२०८२ कात्तिक १८ मंगलवार ०९:२८

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको रुपन्देहीमा...

सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै

सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै

वि.सं.२०८२ कात्तिक १८ मंगलवार ०९:२०

काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको...

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै : नेपाल राष्ट्र बैंकले आज ४० अर्ब तान्दै

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै : नेपाल राष्ट्र बैंकले आज ४० अर्ब तान्दै

वि.सं.२०८२ कात्तिक १६ आइतवार ११:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप रकम खिच्ने...

सामाजिक सुरक्षा कोषमा ९४ अर्ब जम्मा

सामाजिक सुरक्षा कोषमा ९४ अर्ब जम्मा

वि.सं.२०८२ कात्तिक १६ आइतवार १०:४०

काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म कूल रु ९४ अर्ब...