मनकामना स्मार्ट लघुवित्तको आइपीओ सोमबार बाँडफाँड गर्ने तयारीमा क्यापिटल
वि.सं.२०७८ असार २५ शुक्रवार
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको लघुवित्तको आइपीओ सोमबार बाँडफाँड हुने तयारी भएको छ । कम्पनीको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले आज बिहान ३ बजे प्रि अलटमेन्ट सम्पन्न गरेको जानकारी दिँदै सोमबार बाँडफाँड गर्ने तयारी गराएको जनाकारी दिएको हो ।
अलटमेन्टको काम सकिए पछि नेपाल धितोपत्र बोर्डमा जानकारी गराएर बोर्डको अनुमती प्राप्तिपछी सोमबार शेयर बाँडफाँड गर्ने तयारीमा रहेको क्यापिटलको भनाई छ ।
कम्पनीको आइपीओमा ७१.९५ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपिओ गोलाप्रथाबाट ३६ हजार ३ सय ४९ जनाले मात्र शेयर पाउने छन् । जसका कारण १९ लाख बढी आवेदन हात खाली हुने छन् ।
कम्पनीले असार १७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले तीन करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गरेको हो। कम्पनीको जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ।
२०७८ असार २५ गते प्रकाशित
प्रकाशित समय : ०९:१८ बजे