back

आज अन्तिम दिन है ! मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदन दिने

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
गत १७ गते निष्काशन तथा विक्रि खुला भएको यस लघुवित्तको आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।

यो लघुवित्तले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकितदरका कुल ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरिएको छ।

कुल कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशत सेयर कर्मचारीहरुलाई र कुल निष्कासनको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सीडीएससीका अनुसार आइतबार साँझ ५ बजेसम्म यो आईपीओमा १७ लाख २५ हजार ६७८ आवेदकबाट २ करोड २७ लाख २६ हजार ८९० कित्ताका लागि खरिद आवेदन परेको छ। जुन मागभन्दा ६२.५२ गुणा बढी आवेदन हो।

यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखाहरुबाट तथा मेरो सेयर पोर्टलबाट अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत यस आईपीओमा आवेदन दिन सकिनेछ।

गत असार ६ गते धितोपत्र बोर्डबाट निष्कासन अनुमति पाएको यो आईपीओका लागि मनकामना स्मार्टलाई इक्रा नेपालले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने (इक्रा–आईआर) बीबी माइनस रेटिङ प्रदान गरेको छ।

धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

२०७८ असार २१ गते प्रकाशित


स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट

वि.सं.२०८१ चैत १ शुक्रवार ११:०२

काठमाडौं । आज शुक्रबार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ...

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

वि.सं.२०८१ फागुन २७ मंगलवार २२:२६

काठमाडौं । सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई...

राष्ट्र बैंकद्वारा हालको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, मुद्रास्फीति ४.१६ प्रतिशत

राष्ट्र बैंकद्वारा हालको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, मुद्रास्फीति ४.१६ प्रतिशत

वि.सं.२०८१ फागुन २७ मंगलवार ०९:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को...

आजदेखि ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आवेदन दिन सकिने

आजदेखि ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आवेदन दिन सकिने

वि.सं.२०८१ फागुन २७ मंगलवार ०९:०७

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आज (फागुन २७) गतेदेखि...

७ महिनामा भित्रियाे ९ खर्ब रेमिट्यान्स

७ महिनामा भित्रियाे ९ खर्ब रेमिट्यान्स

वि.सं.२०८१ फागुन २६ सोमवार १८:०४

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा ९ खर्ब रेमिट्यान्स...

३ करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्नु : अर्थमन्त्री पौडेल

३ करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्नु : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ फागुन २५ आइतवार १६:१३

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३...