प्रि–ओपनिङमा नेप्से दोहोरो अंकले बढ्यो
वि.सं.२०७८ असार २१ सोमवार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज प्रि–ओपनिङ प्रियडमा नै नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्सेका अनुसार १८ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा समग्र नेप्सेमा हरियालि देखिएको हो
कुल ३१ कम्पनीको शेयर कारोबार भएकोमा ११ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । कारोबारमा आएका धेरै कम्पनीको मूल्य बढेपनि नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ ।
प्रि–ओपनिङमा बजार परिसूचक नेप्से १०.९९ अंकले बढेर २८४५.५१ अंकमा उक्लिएको छ । यस बीचमा ३१ कम्पनीका ३ हजार ३३४ कित्ता शेयर ६५ वटा कारोबारबाट ३० लाख ५ हजार ८१५ रुपैयाँमा किनबेच भएका छन् ।
२०७८ असार २१ गते प्रकाशित
प्रकाशित समय : ०५:३८ बजे