back

सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्चमा मुद्दा दायर

काठमाडौँ । सामाजिक सुरक्षा कोषविरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले आज सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। केही समय यता आक्रोशित बन्दै आएका बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुले योगदानमा आधारित सामाजिक सुरक्षा कोषले जबरजस्ती कोषमा आवद्ध गराउन खोजेको भन्दै विरुद्धमा मुद्दा दायर गरेका हुन्।

उनीहरुले ‘जबरजस्ती आवद्ध गराउने र आवद्ध नभएमा जरिवाना गर्ने जस्ता कार्य नगर्नु नगराउनु भनी परमादेश लगायत उपयुक्त निर्देशन सहितको आदेश जारी गरिपाऊँ’ भनि सर्वोच्च अदालतसँग माग गरेका छन्।

सामाजिक सुरक्षाको नाममा कोषको कार्यालयले नेपाल बैंकर्स संघलाई सूचिकृत गराइदिनु हुन भनी गरिएको पत्राचार गैरकानूनी रहेको समेत कर्मचारीलेहरुले आरोप लगाएका छन्।

एकतर्फ सरकारको सीमित लगानीमा सञ्चालित राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक लिमिटेड तथा कृषि विकास बैंक लिमिटेड लगायतलाई कोषमा आबद्ध भई रहनु नपर्नेजस्तो असमान र बिभेदकारी नीति रहेको र अर्काे तर्फ सूचिकृत नभएमा लाग्दै नलाग्ने ऐन लगाई बैंकहरूलाई कारवाही गर्ने भनी विभिन्न पत्र पत्रिकामा प्रकाशित समाचार लगायतका काम कारवाही गर्ने निर्णय समेत गैरकानूनी रहेको भन्दै तिनलाई बदर गराउन उनीहरुले माग गरेका छन् ।

निजी क्षेत्र सहमति, समझदारी र सम्झौताबाट चल्ने गरेको तर योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा ६४ ले सामुहिक सौदाबाजी गर्न नपाउने गरी प्रतिबन्ध लगाएको कर्मचारीको आरोप छ।

बैंक तथा बित्तीय संस्था आफैले कर्मचारीको लागि पर्याप्त सुविधाको ब्यवस्था गरेको उल्लेख गर्दै कर्मचारीहरुले निजी क्षेत्रको रकम तानेर सामाजिक सुरक्षा कोषको कार्यालयमा जम्मा गर्नुपर्ने गलत मनसायमा केन्द्रित रहेको आरोप लगाएका छन्।
२०७८ असार २० गते प्रकाशित


आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८१ असोज २९ मंगलवार ०९:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

केवाईसी भनेको के हो ? अप्डेट गर्न कतिको आवश्यक छ ?

केवाईसी भनेको के हो ? अप्डेट गर्न कतिको आवश्यक छ ?

वि.सं.२०८१ असोज २९ मंगलवार ०९:२७

काठमाडौं ।ग्राहक पहिचानका लागि भरिने फारम नै केवाईसी फारम हो...

विद्युतीय कारोबारमा हुने ठगीबाट कसरी जोगिने ?

विद्युतीय कारोबारमा हुने ठगीबाट कसरी जोगिने ?

वि.सं.२०८१ असोज २७ आइतवार १०:१२

काठमाडौं । विद्युतीय माध्यमबाट ठगीका घटना बढेको भन्दै सचेत रहन...

बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

वि.सं.२०८१ असोज २५ शुक्रवार १०:०८

काठमाडौं । बैंक भनेको वित्तीय कारोवार गर्ने इजाजतपत्रप्राप्त संस्था हो...

बचत कसरी गर्ने ? (महत्वपूर्ण टिप्सहरु)

बचत कसरी गर्ने ? (महत्वपूर्ण टिप्सहरु)

वि.सं.२०८१ असोज २३ बुधवार १०:३२

काठमाडौं । कुनै चिज बस्तुमा गरिने खर्च कटौती गरेर सञ्चित...

बाल अस्पताललाई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २५ लाख सहयोग

बाल अस्पताललाई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २५ लाख सहयोग

वि.सं.२०८१ असोज २३ बुधवार १०:०१

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बाल अस्पताललाई २५ लाख रुपैयाँ...