सासु कोष बिरुद्द बैंकर्स क्लब पनि उत्रियो आन्दोलनमा

वि.सं.२०७८ असार २० आइतवार

काठमाडौँ । सामाजिक सुरक्षा कोष बिरुद्द बैंक बित्त तथा बीमा कम्पनीको जारी आन्दोलनमा बैंकर्स क्लबले पनि हातेमालो गरेको छ। शुक्रबार एक कार्यक्रम आयोजना गरी बैंकर्स क्लबमा आबद्द कर्मचारीहरुले सामाजिक सुरक्षा कोष बिरुद्दको आन्दोलनमा ऐक्यबद्दता जनाएका हुन्।
बैंकर्स क्लब कंचनपुर महेन्द्रनगरले आन्दोलनको कार्यक्रम सुरु गरेको हो । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आफुहरुको असहमति किन भन्ने प्रश्नको जवाफ सहितको ब्यानर अगाडी राखेर उनीहरु आन्दोलनमा उत्रिएका छन् ।
बैंक बित्त तथा बीमा कम्पनीका कर्मचारीहरुले अगाडी सारेका १५ बुंदे मागको सम्बोधन नभएसम्म निरन्तर विरोध गर्ने बैंकर्स क्लबका अध्यक्ष तथा ज्योति विकास बैंक महेन्द्रनगर शाखा प्रमुख लक्ष्मण चोख्यालले बताए ।
प्रभु बैंक र नेपाल एसबिआई बैंकका कर्मचारीहरु, एनआइसी एसिया, नविल बैंक लगायत धेरै बैकहरुले कालो ब्यानरसहित आन्दोलनमा उत्रिसकेका छन् ।
२०७८ साउन १ देखि सामाजिक सुरक्षा कोषमा जान अनिवार्य गरिएको तर आफुहरुले राखेका मागहरु सम्बोधन नभएको बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुको भनाई छ ।
२०७८ असार २० गते प्रकाशित

प्रकाशित समय : ०८:४३ बजे